काठमाडौं, १२ पुस । सरकार गठनका विषयमा एमाले र माओवादी केन्द्रबीच विवाद चलिरहेका बेला केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ ।

 

भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भएको दुई शीर्ष नेताको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि मार्ग खोल्न आग्रह गर्ने सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली र दाहालले छिटोभन्दा छिटो देउवाले सरकार छाडेर नयाँ सरकारका लागि बाटो खोलिदिनुपर्ने उनीहरुका बीच सहमति भएको छ ।

राष्ट्रियसभा अध्यादेश फिर्ता गर्नुपर्ने विषयमा पनि ओली र दाहालबीच सहमति भएको छ । उनीहरुले अध्यादेश फिर्ता लिएर बहुमतीय प्रणालीबाट राष्ट्रय सभाको निर्वाचन गर्नुपर्ने नयाँ अध्यादेश लैजान सरकारसँग आग्रह गरेका छन् ।

 

पार्टी एकताका विषयमा कुनै समस्या नरहेको बताएका ओली र दाहालले बिहीबार वार्ता संयोजन समितिको बैठक राख्ने सहमति भएको छ ।

 

एमाले र माओवादी केन्द्रका नेताहरुबीच दुरी बढेको भनेर आरोप लागिरहेका बेला ओली र दाहालबीच वार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah