मुलुकको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत भैसकेका उपेन्द्र यादव संघीय समाजवादी फोरमका अध्यक्ष पनि हुन् । राष्ट्रिय राजनीतिको केन्द्रमा सधैं देखापरिरहने यादव यसपटककको प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनले पनि राष्ट्रिय पार्टीमा पर्ने पक्का भैसकेपछि वामगठवन्धनको सरकार बन्न नसकिरहेको बेलामा यतिबेला एमाले तथा माओवादी केन्द्रको ध्यान फोरम र उपेन्द्र यादवतर्फ मोडिएको आकलन गर्न खासै कसरत गरिरहनु पर्दैन । केपी शर्मा ओली र प्रचण्डविच संंवादहिनताको अवस्थामा यादवको ओलीसंगको भेटले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । यिनै समसामयिक विषहरुमा आज कान्तिपुर टेलिभिजनको टक शो टफ टकमा दिलभूषण पाठकसंग कुरागर्दै यादव भन्छन्—ओलीजी र मविचमा सामान्य कुराकानी भएको हो । त्यस्तो खास केही भएको हैन । हामी विचको कुराकानीले किन तरंग ल्यायो, मलाई थाहा भएन । हामी विचमा सरकार गठन, अध्यादेश आदिकै बारेमा कुराकानी भएका हुन् ।
ओलीजीले मेरो नेतृत्वमा बन्ने सरकारमा तपाईहरु पनि आउनु प¥यो भन्नु भयो कि भन्ने प्रश्नमा यादव भन्छन्—उहाँले त्यसो भन्नु स्वाभाविक कुरा हो । तर सरकारमा जान हामीलाई त्यत्ति सजिलो छैन किनकि हामीले संविधान संशोधनको मुद्धाको राजनीति गर्दैै आएका हौं । संविधान संशाधनको विषयमा एमाले आयोभने ऊसंग पनि सहकार्य हुनसक्छ । हाम्रो कसैसंग बैरभाव छैन । यसबेला वामगठवन्धन नै धरापमा पर्ने हो कि भन्ने अवस्था आउँदा हामीलाई सम्झना गरिएको हो ।
—के वामगठवन्धनको विचमा केही चिसो पसेकै हो ? एकअर्कासंग बार्गेनिङ्ग भैरहेको हो ?
बाहिर जे अभिव्यक्ति आइरहेका छन् निश्चय नै ती बार्गेनिङ्गका भाषा हुन् ।
—एमालेले संविधान संशोधन गर्न राजी भयोभने माओवादीलाई बाहिर राखेर सरकार गठनका लागि तपाईहरु अघि बढ्नु हुन्छ ?
हामी र एमाले मिलेको अवस्थामा सरकार त बन्न सक्ला । तर संविधान संशोधनका लागि त दुई तिहाई वहुमत चाहिन्छ । ठूला दललाई बाहिर राखेर राजनीतिक स्थिरता र देश विकासको मुद्धालाई कसरी संवोधन गर्न सकिन्छ र ?
तर एउटा सत्य कुरा के हो भने गठवन्धनले जुन रुपले चुनाव लड्यो त्यही रुपले उहाँहरु अघि बढ्न सकिरहनु भएको छैन ।
—ओलीजीको भित्री चाहना के हो त ? माओवादीलाई बाहिरै राखेर सरकार बनाउने हो त ?
भेटमा मैले त्यस्तो त पाइन । संगै लिएर जाने नै मनसाय मैले पाएँ ।
माओवादी अध्यक्ष प्रचण्डको एउटै विषयमा पनि एकै दिनमा फरक फरक ढंगले आउने अभिव्यक्ति प्रति व्यंग्यगर्दै यादव भन्छन्—प्रचण्ड अत्तालिनु भएको छ । मैले नबुझेको कुरा उहाँ यसरी अत्तालिनु जरुरी थिएन ।.. कुराकानीको क्र्रममा वाम एकता होला कि नहोला भन्ने प्रसंगमा यादव भन्छन्— एकता भएरै चुनाव लडेका हुन् । अब योभन्दा अगाडि धेरै सुझबुझका साथ अघि बढ्नुपर्छ । उहाँहरुले राजनीतिक परिपक्वता देखाउनुपर्छ । कल्ले कल्लाई प्रधानमन्त्री दिनुपर्ने हो वा अध्यक्ष दिनुपर्ने हो, यी अर्का पार्टीका नितान्त निजी कुराका बारेमा म केही भन्दिन । तर छाड्ने र त्याग्ने आदत दुबैमा देखिएन । दुबै प्रधानमन्त्री हुनका लागि लागिपरे्का छन् । कल्ले उछिट्याउने हुन् भन्न सकिन्न ।
—प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ ?
सम्भावना छ । एमालेबाहेक तीनवटा पार्टीलाई मिलाउनु भयो भने माओवादीबाट प्रधानमन्त्री हुनसक्छ । तर हामीसमक्ष त्यस्तो प्रस्ताव आएको छैन, बाहिरी हल्लाभने सुनिएको हो ।
—तत्काल नयाँ सरकार नबन्नुमा कांगे्रसले मार्ग प्रसस्त नगरेर हो ?
तत्काल सरकार बन्न नसक्नु संविधानको गलत अभ्यासले गर्दा हो । संविधान बन्दै गर्दा नै मैले भनेको थिएँ, त्यही कारणले अहिले उहाहरु समस्यामा हुनुहुन्छ । राष्ट्रियसभाको निर्वाचन नभैकन संविधानको गलत प्रावधानको कारणले सरकार कसरी बन्छ ? जसको जालमा उहाँहरु प्रिसक्नु भएको छ ।
—सरकार गठन नगर्ने यो त एउटा बहानामात्रै हैन र ? भनेर सोधिएको प्रश्नमा मात्रै नभएर वार्तालापको सम्पूर्ण अवधिभरि निकै नै सचेत र संयमित तरिकाले बोलिरहेका यादव तुरुन्तै खण्डन गर्दै भन्छन् -बहाना हैन, अहिलेको अवस्थामा त्यो राष्ट्रिय विधेयकलाई स्वीकृति दिनुबाहेक म अर्को विकल्प देख्दिन । राष्ट्रियसभाको निर्वाचन नभैकन सरकार बन्ने संभावना नै देखिन्न । संविधानको प्रावधानले अल्झाइदिएको छ । संविधान बनाउदा नेताहरुले बुद्धि पु¥याउनुपथ्र्यो । सरकार नबन्नुमा संविधानकै उल्झन हो । सदन फुलफिल भएको छैन । तर प्रधानमन्त्रीले सदनमा बहुमत गुमाइसकेपछि राजिनामा दिएर बसे पनि हुन्थ्यो । तर उहाँले त्यो विवेक देखाउन सक्नु भएन । त्यसले आशंका त जन्माउछ नै । किनकि राजिनामा दिएर बसे पनि केयरटेकर प्रधानमन्त्री त उहाँ नै हो । हाम्रो पार्टी त सुरु देखि नै एकल संक्रमणीय पद्धतीमा जाउँ भन्ने नै हो ।
भर्खरै सम्पन्न निर्वाचनमा तीन ठूला दलको तुलनामा कम सिट ल्याएर विजयी भए तापनि नयाँ सरकार नबनुन्जेल आशा र आशंकाको दृष्टि फो्रम र उपेन्द्र यादवतर्पm घुमिरहनेछ । उनीसंगको वार्तालाप सबै हेर्नका लागि भिडियो क्लिक गर्नुहोस् ।



