विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा चीनको करिब ३ खर्ब ३३ अरवको लागतमा बन्न लागेको औधोगिक पार्क निर्माणको अन्तिम आधार तय गर्नका लागि उच्चस्तरीय चीनिया टोलीले दमकको औधोगिक पार्क स्थलको अवलोकन गर्न आएको छ । दमक नगरपालिका, कमल गाँउपालिका र गौरादह नगरपालिकाको करिब २२ सय बिगाह जग्गामा औधोगिक पार्क निर्माणका लागि डिपिआर बनिरहेको छ ।

चीनको ल्हासा स्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङ नेतृत्वको टोलीले औद्योगिक पार्कको अवलोकन र जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुसंग छलफल गर्न आएको हो । औद्योगिक पार्क निर्माणका लागि अवलोकन गर्ने अहिलेसम्मकै उच्चस्तरीय टोली यो रहेको दमक औधोगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुपेङले यहाँ बन्ने औधोगिक पार्क दक्षिण एशियाकै नमुना बन्ने जनाए । उनले यसले नेपाल र चीनको मित्रता बढाउने मात्र नभएर रोजगारीका अवसरहरु समेत सिर्जना हुने उनको भनाइ थियो । उनले यहाँ आवश्यकता अनुसारका उद्योगहरु स्थापना हुने समेत जानकारी दिए । यसलाइ चीन सरकारले उच्च महत्व दिएको समेत रुपेङले जनाए ।

https://www.youtube.com/watch?v=4e0AnJuqdFk

चीन सरकारले ल्याएको वान बेल्ट वान रोड अन्र्तगत चिनिया सरकारको प्राथमिकतामा यो परेको रुपेङले जानकारी दिए । अब चाँडै यसको काम शुरु हुने उनले बताए । औद्योगिक पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको र बिस्तृत सम्झौताका लागि यो भ्रमण भएको पनि जानकारी गराइएको थियो ।

पार्कका अध्यक्ष गोविन्द बस्नेतले जग्गाको व्यवस्थापनको काम अन्तिम चरणमा पुगिसकेको बताएकाछन् । उनका अनुसार यो टोलीले बिस्तृत सम्झौताको आधार तय हुनेछ । यसभन्दा अगाडि टोलीले काठमण्डौमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित सरोकारवाला निकायका प्रतिनिधिहरुसंग समेत छलफल गरेका थिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत पनि टोलीमा सहभागि रहेका थिए । वस्नेतले दमक नगरपालिका र यहाँका सरोकारवालाहरुले देखाएको तदारुकताका कारण नै पार्क निर्माणको यो अवस्थासम्म आइपुगेको भन्दै चाँडै सम्झौतापत्रमा हस्ताक्षर हुने जनाए ।

दमक नगरपालिकाको तर्फबाट नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत युवराज दाहालले अहिलेसम्म स्थानीय तहले यसका लागि गरेका प्रयासहरुको बिषयमा जानकारी गराएका थिए । उनिहरुले स्थानीय सरकारले गर्न सक्ने सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाए ।

तीन बर्षयता औधोगिक पार्क यहाँ बन्ने बताइदै आएको थियो । स्थानीयहरुले चुनावी एजेण्डामात्र बनेको र काम नभएको भन्दै गुनासो पनि गर्दै आएका थिए । यस क्षेत्रका सांसद समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा यो निर्णय भएको थियो ।

https://www.youtube.com/watch?v=4e0AnJuqdFk