एमाले उपाध्यक्ष तथा वाम गठबन्धनका सूत्राधार वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजीत भएपछि एमाले पंक्तिभित्र खैलाबैला मच्चिएको छ । गएको स्थानीय तहको निर्वाचनमा बर्दियाका १ का चार स्थानीय तहमा वाम गठबन्धनले ल्याएको मत नेपाली कांग्रेसको भन्दा २९ हजार ६ सय बढी हुादाहुँदै गौतम ७ सय ५३ मतले पराजीत कसरी पराजीत हुन पुगे भन्ने जिज्ञासा देशभरका एमाले नेता कार्यकर्ताले राखिरहेका छन् ।

पार्टी पंक्तिलाई निर्वाचनको कुनै पनि जिम्मेवारी नदिनु वामदेव पराजयको मुख्य कारण भएको बर्दियाका एमाले कार्यकर्ता बताउँछन् । चुनावी सांगठनिक संरचना नै हारको मुख्य कारण मानिएको छ । वामदेवले आफूपछि छोरा हरिसदेव गौतमलाई बर्दियामा स्थापित गराउने प्रयासलाई पनि हारको कारण मानिन्छ । श्रीमती तुलसा थापालाई समानुपातिकमा राख्नु, मनमोहन अधिकारीले बृद्धभत्ता दिन मानेका थिएनन् मैले दिएको हुँ भन्ने भाषण गर्नुलाई पनि एमालेले रुचाएनन् । वाम गठबन्धन मैले बनाएको हुँ जसको नीति उसको नेतृत्व हुन्छ, अब पार्टी अध्यक्ष र प्रधानमन्त्री मै हुँ, माधव नेपालले समर्थन गरिसकेका छन्, प्रचण्डले पनि गर्छन् भन्ने भाषण पनि वामदेवका लागि प्रत्युत्पादक बन्न पुगेको छ । अघिल्लो चुनावमा बर्दिया छाडेर प्यूठान जानुको कारण पनि हारमा सहायक मानिएको छ ।

चुनावमा हरिसले आर्थिक परिचालन जसरी गरे, त्यसले पनि उनी अब बर्दियामा बाबुपछि राजनीति गर्न आउँदैछन् भन्ने संकेत दिन गरेका थिए । पुत्रमोहका कारण धृतराष्ट्रले हस्तिनापुर राज्य गुमाएका थिए भन्ने हेक्का वामदेवले राख्न नसक्नु अर्को कमजोरीका रुपमा लिइएको छ । वामदेवले कोअर्डिनेशन केन्द्रदेखि २०७४ सम्म कसैलाई पनि बर्दियाबाट राजनीतिमा माथि उठ्न दिएका छैनन् । अब छोराका लागि मैदान खाली गर्न बर्दियाका संभावना भएका नेताहरुलाई पन्छाउने हिसाबले चुनाव परिचालनमा कसैलाई नराखेकै कारण उनी पराजीत हुन पुगेको निष्कर्ष बर्दिया एमालेका नेता कार्यकर्ताले गरेका छन् ।

वामदेवले आफ्नै नेतृत्वमा चुनाव परिचालनको हाइकमाण्ड बनाए । हाइकमाण्डमा बर्दियाबासीले नचिनेका चितवनका हरि पराजुलीलाई आर्थिक परिचालन, धादिङका बलराम बाँस्कोटा किसान परिचालन, लमजुङका डीबी कार्की युवा तथा विद्यार्थी पचिालन, कास्कीका शारदा सुवेदीलाई अनुगमनमा राखियो । बर्दियासँग साइनो भएका दुई जना श्रीमती तुलसा थापा महिला परिचालन र प्रचारमा लक्ष्मण ज्ञवालीलाई राखेर हाइकमाण्ड बनाएका थिए । तर यो हाइकमाण्डमा  जिल्ला जिल्ला इन्चार्ज गौरा प्रसाईलाई वामदेवले राखेनन् । हाइकमाण्डमा जिल्लाका निवर्तमान सांसद श्याम ढकाल र अरु प्रभावशाली नेताहरु कोही पनि अटाएनन् । यी अनुहारमा अधिकांश बर्दियाबासीले नचिनेकाहरुको मात्र बाहुल्य थियो ।

बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिका समेत ४ वटा स्थानीय तहमा ३ जना माओवादी केन्द्रका नेता र २ जना एमाले नेता रहेको चुनाव परिचालन कमिटी बनाइएको थियो । बाँसगढी नगरपालिकाका मेयर शालिग्राम अधिकारी, बारबर्दियामा सचिवालय सदस्य पद्म ढकाल, गुलरियामा हरि ज्ञवाली, बढैयातालमा लालबहादुर श्रेष्ठ(पार्टीउपाध्यक्ष) लाई चुनाव परिचालन समितिमा राखियो । तर जिल्लाका पदाधिकारीहरु सदस्य रहेको परिचालन कमिटीमा संयोजक जिल्ला सचिवालय सदस्य पूर्ण शर्मालाई बनाइएको थियो । यसरी हाइकमाण्ड र स्थानीय परिचालन कमिटी कतै पनि पार्टीका कुनै पनि नेताले काम पाउन सकेनन् । १७ जना भन्दा बढी सचिवालयका सदस्य, ६० भन्दा बढी जिल्ला कमिटी सदस्य र ४ स्थानीय तहका २ सय भन्दा बढी पार्टीका अगुवा नेता कार्यकर्ताले निर्वाचन परिचालनको कुनै जिम्मेवारी पाउन सकेनन् । ४ वटा स्थानीय तहका १२ जनाले मात्र निर्वाचनमा जिम्मेवारी पाएका थिए ।

यति ठूलो पार्टी पंक्तिले पार्टी जिताउन कुनै भूमिका पाउन सकेन । वामदेवसँग राजनीतिक रुपमा असहमतलाई आफ्नै वडामा सीमित भएर काम गर्न निर्देशन दिइयो । निवर्तमान सांसद श्याम ढकाललाई बाँसगढी ९ वडामै सीमित हुने  निर्देशन दिइयो । उनलाई कहीँ पनि बोल्न दिइएन । केन्द्रीय युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याललाई बढैयाताल गाउँपालिका (साविक जमुनी गाविस) १ र २ मै रहन निर्देशन दिइएको थियो । पंचायतकालमै पार्टीले गुल्मीबाट पार्टी कामका लागि बर्दियामा खटाएकी तर वामदेवका कारण अवसर कहिल्यै नपाएकी शोभा ज्ञवालीलाई त वडामा समेत जिम्मेवारी दिइएन ।

२०४८ देखि जित्दैआएका गौतमको क्षेत्रमा कहीँ पनि पिच सडक नबनाएको कुरामा समेत मतदाता रुष्ट थिए । २ नम्बर क्षेत्र खोलापारी अधिकांश सडक पीच छ, तर पटक पटक उपप्रधानमन्त्री भएका गौतमको खोलावारी कहीँ पीच छैन । यसको जवाफ पनि वस्तुगत रुपले उम्मेदवारले दिन नसकेका कारण मतदाता बिच्किन पुगे ।

वाम गठबन्धनको मत यति धेरै हुँदा पनि पराजीत भएपछि गौतमले बर्दिया एमालेका ८ जना नेता कार्यकर्तामाथि अन्तर्घातको आरोप लगाएका छन् । केन्द्रीय युवा तथा खेलकुद विभागका सचिव दामोदर अर्याल, खड्गबहादुर खड्का, निवर्तमान सांसद श्याम ढकाल, शोभा ज्ञवाली लगायत ८ जनामाथि अन्तर्घातको आरोप लगाइएको छ ।

बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय छानबिन समिति बनाएर कारबाहीको लागि सिफारिस समेत गर्ने तयारी भइरहेको छ । वामदेव गौतम पक्षले अन्तर्घातको आरोप लगाएका दामोदर अर्यालको बढै्रयाताल गाउँपालिकाबाट वामदेव गौतमले कांग्रेस भन्दा १३७६ मत बढी पाएका छन् । एमालेले बढैयातालको १ नम्बर वडाबाट १५२९ र २ बाट १६७६ मत गरी ३२०५ मत प्राप्त गरेको छ । कांग्रेसका उम्मेदवारले बढैयातालबाट जम्मा १९१४ मत पाएका छन् । वामदेव गौतमका अति निकट र चुनाव परिचालन कमिटीमा राखेका शालिकराम अधिकारीको बाँसगढी नगरपालिकामा स्थानीय तहमा वाम गठबन्धनले १६६४७ मत पाएका थिए । नेपाली कांग्रेसले ६४७८ मत प्राप्त गरेको थियो । स्थानीय तहको मतलाई आधार मान्ने हो भने वामदेव गौतमले बाँसगढीबाट कांग्रेसको भन्दा १०१६९ मत बढी पाउनुपर्ने हो । तर बाँसगढीमा वामदेव गौतमको भन्दा कांग्रेसले ६१५ मत बढी पायो ।

बारबर्दिया नगरपालिकामा वाम गठबन्धनको मत १९६८७ थियो भने कांग्रेसको ८१९९ मात्र थियो । यहाँबाट वामदेवले ११ हजार ४ सय ८८ मतले अग्रता हासिल गर्नुपर्नेमा १८०९ मतले मात्र लिड गर्न पुगे । यहाँको ९६७९ वाम मत कहाँ गयो ? वामदेवका निकट र उनले जिल्लाका पदाधिकारीभन्दा माथि राखेर चुनाव परिचालन कमिटीको संयोजक बनाइएका पूर्ण शर्माले बारबर्दियाको चुनाव परिचालनको जिम्मा लिएका थिए ।

एमाले पार्टी अध्यक्ष हरि ज्ञवालीको गुलरिया नगरपालिका स्थानीय तहमा एमाले कांग्रेससँग ५६० मतान्तरले पराजीत भएको थियो । स्थानीय तहको चुनावमा गुलरियामा माओवादीले ४९०४ मत पाएको थियो । तर माओवादीको मतसमेत जोड्दा १९५७ मतले अग्रता हासिल गर्नुपर्ने वामदेवलाई कांग्रेसको भन्दा २८५९ कम आयो । तर तिनै हरि ज्ञवालीलाई अन्तर्घात छानबिन समितिको संयोजक बनाइएको छ ।

अग्रता हासिल गर्नुपर्ने तीनवटा नगरपालिकाका चुनाव परिचालन कमिटीमा रहेका र स्थानीय निकायका निर्वाचित मेयर समेत रहेकाहरुलाई अन्तर्घाती नठ¥याई पार्टीले कुनै जिम्मेवारी नदिए पनि अग्रता हासिल गराएको बढैयातालका दामोदर अर्याललाई दोषी करार गर्दै कारबाही गर्ने एकसूत्रीय म्यान्डेट प्रदेशस्तरीय छानबिन समितिलाई दिइएको छ । उनीहरुलाई केन्द्रबाट अर्यालसहित ८ जनाको नाम कारबाहीका लागि सिफारिस गर्नू भनिएको छ । अन्तर्घातको आरोप लागेका अर्यालले भने–‘म दुई हप्ताको लागि मात्र चुनावमा खट््न पाएँ । हरिस गौतमले प्लेन टिकट काटेर पठाएपछि म गएको हुँ । मलाई बढैयातालको जमुनीका २ वडामा हेर्नू भनियो । जमुनीमा १३७६ ले लिड ग¥यौं । बाँकी अन्यत्र हारेको कुराको मैले कसरी जवाफ दिनु ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah