काठमाडौं, १८ पुस– वाम गठबन्धन नटुटेसम्म निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम प्रकाशित नगर्ने समझदारी भएको कांग्रेस नेता अमरेशकुमार सिंहले वताएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ललितपुर पुगेर फर्केका सिंहले निर्वाचन आयोग, भारतीय राजदूत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यस्तो सहमति भएको आफ्ना निकटवर्तीसँग यस्तो वताएका हुन् ।

निर्वाचन आयोगले आफूहरुसँगको परामर्शमै प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको र वाम गठबन्धन तोड्ने भरपर्दाे आधार नबनेसम्म प्रतिनिधिसभाको नतिजा पनि सार्वजनिक नगर्ने र राष्ट्रियसभा चुनावको प्रक्रियालाई पनि लामो बनाइने सिंहको भनाई थियो । ‘जवसम्म लोकतन्त्रको रक्षा गर्नेगरी नयाँ समीकरण बन्ने अवस्था रहंदैन, तवसम्म प्रतिनिधिसभाको निर्वाचन परिणाम पनि सार्वजनिक हुँदैन’ अमरेशको भनाई उद्धृत गर्दै उनी निकट स्रोतले वतायो, ‘प्रचण्डजीलाई केपी ओलीसँग टुटाउन केहि समय लाग्न सक्छ, त्यसका लागि राष्ट्रियसभाको चुनावी प्रक्रिया पनि लामो बनाउने निर्वाचन आयोगसँग समझदारी भइसकेको छ ।’

प्रतिनिधि र प्रदेशसभाको चुनावमा लज्जाजनक पराजय भोगेपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावअघि सत्ता नछोड्ने वताइरहेका छन् । निर्वाचन आयोगले पनि राष्ट्रियसभाको चुनाव नगरी प्रतिनिधिसभाको परिणाम सार्वजनिक नगर्ने अडान लिंदै आएको छ । राष्ट्रियस सभाको चुनावका लागि सरकारले मिति तोकेको छैन भने निर्वाचन आयोगले प्रक्रिया लम्याउनेगरी नयाँ दल दर्ताका लागि १५ दिनको म्याद दिएर सूचना जारी गरेको छ ।

यसरी प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले अड्डी लिइरहेका बेला वाम गठबन्धन तोड्न भारतीय पक्षले माओवादी अध्यक्ष प्रचण्डलाई तीन तहबाट दवाव सिर्जना गरेको छ । प्रचण्डलाई प्रधानमन्त्रीको प्रलोभन दिएर फकाउने र फकाउँदा नमाने विगतमा केपी ओली नेतृत्वको सरकार ढालेको बेलाजस्तै तर्साउने रणनीति भारतीय पक्षले लिएको हो । संसदीय चुनावमा भारतीय नाकाबन्दीका सहयोगीहरु पराजित भएको भन्दै उनीहरुलाई नै फेरि पनि निर्णायक बनाउन नयाँ समीकरण बनाउनु परेको भारतीय पक्षको भनाई छ ।

वाम गठबन्धन टुटाउन भारतीय राजदूत मञ्जिभसिंह पुरी र प्रधानमन्त्री देउवा सम्मिलित एउटा, कांग्रेस नेता अमरेश, विमलेन्द्र निधि लगायतको अर्काे र भारतीय जासुसी संस्थाहरुको तर्फबाट अर्काे गरी तीन तहका संयन्त्र सक्रिय छन् । उनीहरुको उद्धेश्य पहिले वाम गठबन्धन फुटाउने र त्यसो गर्न नसकेमा गठबन्धन भित्र विवाद सिर्जना गरी केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रहेको छ । ओलीले भारतको उकपक्षीइ निर्भरताबाट नेपाललाई मुक्त गरेको र भारतीय नाकाबन्दीलाई पराजित गरेकाले भारत पक्षीय राजनीतिक महौल बनाउनु पर्ने उनीहरुको तर्क छ ।

यसै योजना अनुरुप सोमबार माओवादी अध्यक्ष प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन भन्दै कांग्रेस नेता अमरेश र राजपा नेता राजेन्द्र महतो प्रचण्ड निवास पुगेका थिए । उनीहरुले प्रचण्डलाई फकाउन ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर तर्साउने समेत गर्न थालेका छन् । यसअघि कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसको अवको मुख्य रणनीति वाम गठबन्धनबाट प्रचण्डलाई छुटाउनु रहेको वताएका थिए । वाम गठबन्धन नतोडे अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने भन्दै प्रचण्डलाई धम्की आउन थालेको माओवादी नेता मणि थापाले एक दैनिक पत्रिका मार्फत वताएका छन् । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’  चक्रपथ बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah