काठमाडौं: वाम गठवन्धन सम्बद्ध विद्यार्थीहरुले काठमाडौंको त्रिचन्द्र कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला  दहन गरेका छन् । मंगलबार बिहान  पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताका साथै  प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध उग्र नारा लगाइरहेका बेला झडप समेत भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी र वाम गठवन्धनका विद्यार्थीबीच झडप हुने स्थिति आएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । केही समय वाम गठवन्धनका विद्यार्थी र प्रहरीबीच झडप समेत भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झडमा १ प्रहरी र ३ आन्दोलनकारी गरी ४ जना घाइते भएका छन् । वाम गठवन्धन निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन, निर्वाचन आयोगलाई समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न तथा प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने माग गरेर विरोध प्रदर्शन गरेका हुन् ।