‘स्थानीय करिब १ लाखले रोजगारी पाउने अवस्था रहन्छ भने हामीले यसलाइ महत्व दिएर प्रोत्साहन दिन कन्जुस्याइ नगरिएको हो ।’

विष्णुप्रसाद पोखरेल/दमक

झापाको दमक १० र आसपास जोडिएको क्षेत्रमा चिनिया लगानीमा बन्न लागेको नेपाली चिन मैत्री औधोगिक पार्कमा लगानीकर्तालाइ १० बर्षसम्म स्थानीय कुनै प्रकारको कर नलिने दमक नगरपालिकाले निर्णय गरेको छ । दमकमा खर्बौ लगानी गर्न तयार रहेको अवस्थामा आफूहरुले औधोगिक क्षेत्र निर्माणमा साझेदारीको रुपमा यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

पहिलो नगरसभाले दमकको औधोगिक पार्क निर्माणको चरणदेखि १० बर्ष अवधिसम्म नगरपालिकाले कुनै कर नलिने निर्णय गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । बिभिन्न चरणमा आएका चिनिया सरकारी टोलीहरुसंग छलफलहरु पछि यस्तो निर्णय भएको र चिनिया टोलीले खुसि ब्यक्त गरेको पनि ओलीले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘हामीले सक्ने साझेदारी यो पनि एउटा भएकाले हामी यहाँ स्थापना हुने उद्योगहरुसंग १० बर्षसम्म कुनै कर लिने छैनौ ।’ यहाँ उद्योग स्थपनाले रोजगारका अवसरहरु सिर्जना हुने मात्र नभइ यस क्षेत्रको सम्बृद्धि समेत हुने भएकाले आफूहरुले स्थानीय कुनै कर नलिने घोषणा गरेको ओलीको भनाइ छ ।

आफूहरुले लामो छलफल र परामर्श पछि यो निर्णय पुगेको बताउदै सबैले यसलाइ सकारत्मक रुपमा लिने अपेक्षा लिएको पनि बताउनु भयो । उहाँले भन्नुभयो–‘स्थानीय करिब १ लाखले रोजगारी पाउने अवस्था रहन्छ भने हामीले यसलाइ महत्व दिएर प्रोत्साहन दिन कन्जुस्याइ नगरिएको हो ।’ नगरपालिकाको प्रयासमा नै दमक १० मा रहेको रतुवाखोलाको उकाश जमिन औधोगिक पार्कका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको छ ।

५ सय बिगाह जमिन लिमिटेडको नाममा गइसकेको नगरपालिकाले जनाएको छ । कूल २२ सय बिगाह आवश्यक पर्ने भएकाले आसपासको जग्गा ब्यवस्थापन तथा अधिग्रहणको काम समेत भइरहेको नगरपालिका उपप्रमुख गिता अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार नजिक रहेको गौरादह नगरपालिका र कमल गाँउपालिकाको जमिन समेत औधोगिक पार्क निर्माणका लागि तयारी भइरहेको छ । औधोगिक पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिकाले यहाँ स्थपना हुने उद्योगहरुलाइ १० बर्षसम्म कुनै प्रकारको स्थानीय कर नलिने गरेको निर्णयको चिनिया टोलीले प्रशंशा गरेको छ ।

यसले उद्योग स्थापनामा आफूहरुलाइ थप हौसला मिलेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो । लगानीको वातवरण बनाउने र लगानीको सुरक्षाको जिम्मेवारी लिन समेत स्थानीय सरकार तयार रहेको पाएपछि उनिहरु चाडो यहाँ काम गर्न आतुर रहेको आफूले पाएको थापाको भनाइ छ ।

एकसाता अघि चीनको ल्हासा स्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङको चिनिया टोली दमक आएर औधोगिक पार्क निर्माण स्थलको अवलोकन गर्नुका साथै दमक नगरपालिकाका प्रमुख, उपप्रमुख सहित बोर्ड सदस्यहरुसंग छलफल समेत गरेको थियो ।

अहिलेसम्म भएको तयारी र स्थानीय सरकारले गरेका प्रयासहरु सकारत्मक रहेको भन्दै टोलीले प्रशंशा गरेको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज दाहालले बताउनु भयो । उहाँका अनुसार यो अहिलेसम्मकै चिनिया सरकारको सबैभन्दा उच्च स्तरीय टोली रहेको थियो ।

चिनिया सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड’ (ओविओआर) अन्र्तगत बन्ने भनिएको यस औधोगिक पार्कमा चिनिया सरकारको तर्फबाट ३ खर्ब ३३ अरब भन्दा बढिको लगानीका बिषयमा प्रारम्भिक चरणको सम्झौता भइसकेर बिस्तृत सम्झौताको चरणमा समेत प्रवेस गरिसकिएको जनाइदै आएको छ । पछिल्लो समयमा आएको चिनिया टोलीले सम्झौताको बिस्तृत खाका बनाएर अघि बढ्ने जनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah