सामान्य अवस्थामा खादा तीते करेला स्वास्थ्यका लागि हितकर नै मानिन्छ । त्यसो भनिरहदा तीते करेलाको सेवन जस्तोसुकै मानिसले पनि गर्न नहुने रहेछ भन्ने कुरा मनन गर्नुपर्छ । किनभने मानिस जस्तोसुकै स्वस्थ्य समस्याबाट पनि गुज्रेको हुनसक्छ तसर्थ केही समस्याहरु यस्ता छन् जुन समस्यालाई तीते करेलाले अझ बढी बल्झाउन मद्दत गर्दछ । यी रोगीहरु तीते करेलाको प्रयोगभन्दा बाहिर रहनु राम्रो हुन्छ
फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी औषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।
गर्भवती हुनुहुन्छ ?
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।
जसमा कलेजोको समस्या छ
तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।
पायल्स छ ?
पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।
शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु
राम्रो हुन्छ ।
जसलाई सुगर कम छ
करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरूले भने कहिल्यै पनि करेला खानु हुँदैन ।
महिनावारी समस्या
बढी करेला खानाले महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन जरुरी छ ।



