विष्णुप्रसाद पोखरेल
दमक/झापामा ग्याँस सिलिण्डर भर्दा (रिफिलिङ) २० रुपिया ठगी हुदै आएको भन्दै स्वयं ग्याँस बिक्रेताहरुले नै यो बिषय उठाएकाछन् ।
ग्याँस बिक्रेता संघ झापाले बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दैै उपभोक्ताहरुलाइ ग्याँस सिलिण्डर लैजदा अनिवार्य बिल माग्न आग्रह गरेको छ ।
ग्याँसको मूल्य बढ्दा र घट्दा राजधानीको मूल्यमा आधारित भएर समचार आउने गरेको भन्दै त्यहाँभन्दा तराइ अर्थात झापामा २० रुपिया सस्तो ग्याँस पाइने ग्याँस बिक्रेता संघ झापाका अध्यक्ष टेकबहादुर थापाले बताए ।
पहाडमा भन्दा तराइमा २० रुपिया सस्ता सिलिण्डर रहने भएकाले अहिले कतिपय व्यापारीहरुले भने उपभोक्तालाइ बाहिर आएको मूल्य जस्तै २० रुपिया बढि लिने गरेको पाएको थापाले जनाए ।
झापामा १३ सय ५५ रुपिया पर्ने बताएकाछन् । तर जिल्लामा १३ सय ७५ रुपिया लिइदै आएको छ । यो ठगी भएको बताइन्छ ।
ग्याँस बिक्रेता संघका केन्द्रिय सदस्य राजु न्यौपानेले ग्याँसमा ठगी रोक्नका लागि आफूहरु सक्रिय रहेको जनाउदै उपभोक्ता पनि यसमा सचेत हुनु पर्ने देखिएको छ । उपभोक्ताहरुलाइ राज्यले तोकेको भन्दा बढि रकम आफूहरुले नलिने भन्दै लिनेलाइ कार्वाही गरिनु पर्ने उनले बताए ।
ग्याँस बिक्रेता संघका तुलराम न्यौपानेले ग्याँस सिलिण्डरमा जोडिने पाइप, रेगुलेटर लगायतका गुणस्तहिन सामाग्रिहरु घरघरमा गएर बिक्री गर्ने गरेको पाइएको भन्दै यसमा सचेत हुन आग्रह गरे ।
बजारमा ५ सय रुपियासम्ममा पाइने त्यस्ता सामाग्रिहरु २५ सयभन्दा बढि मूल्य सम्म लिएर बिक्री गर्ने गरेको पाएको न्यौपानेको भनाइ रहेको छ । ग्याँस क्षेत्रमा रहेका बिकृती रोक्न सबैको चासो र पहल आवश्यक रहेको उनले बताए ।
यसैगरी ग्याँस बिक्रेता संघले २५ बर्षअघि देखि ग्याँस बिक्रेताहरुलाइ जे मुनाफा प्रदना गरिन्थ्यो त्यहि मुनाफा अहिले पनि रहेको भन्दै यसमा राज्यको ध्यान जानु पर्ने माग गरेको छ ।
कम्तिमा पनि आफूहरु ५ प्रतिशत मुनाफा पाउनु पर्ने आफूहरुको माग रहेको थापाले बताए । उपभोक्ताहरुलाइ भार नपार्ने भएकाले आफूहरुको यो माग राज्य र सम्बन्धित उद्योगहरुलाइ रहेको पनि थापाले जनाए ।
३ सय रुपियामा ग्याँस सिलिण्डर बिक्री गर्दा आफूहरुले २७ रुपिया कमिशन पाएको स्मरण गर्दै अहिले पनि यहि नै रहेको उनको भनाइ थियो । समायानुकुल यसमा बृद्धि गर्न माग गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय झापा, प्रदेस नं. १ का ग्याँस उद्योगहरु, ग्याँस बिक्रेता महासंघलाइ यस बिषयमा बोधार्थ दिदै ध्यानकर्षण पनि ग्यास बिक्रेता संघले गराएको छ ।



