दमक/ दमकको हिमालय माबि सामुदायिक बिद्यालयहरु मध्ये झापा जिल्लामा एउटा अब्बल बिद्यालयको रुपमा परिचित रहेको छ । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको अभाव हुदै गर्दा यस बिद्यालयमा थामिनसक्नु बिद्यालयको चाप रहन्छ । बिद्यालयमा भर्ना हुनका लागि समेत परिक्षामा सामेल हुनु पर्दछ ।
दमक २ रहेको हिमाबिका बिद्यार्थीहरुले स्थापना गरेको हिमाली माबि इको फ्रेण्डली हिमालय क्लवको आयोजना, दमक नगरपालिका र दमक पब्लिक लाइब्रेरीको सह आयोजनामा झापा जिल्लामा नै पहिलो पटक अन्तर बिद्यालय प्रदर्शनी तथा प्रतियोगिताको आयोजनाको तयारी तिब्र बनाइएको छ ।
पुष २६ र २७ गते बिद्यालयको मैदानमा हुने यस प्रदर्शनी एवं प्रतियोगिताका बिजेताहरुलाइ नगद पुरुस्कार समेत प्रदान गरिने हिमाबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेतले बताएकाछन् ।
जिल्लाका ३० वटा बिद्यालय सहभागि रहने अपेक्षा रहेको जनाउदै पहिलो हुनेलाइ १० हजार, दोश्रो हुनेलाइ ८ हजार र तेस्रो हुनेलाइ ५ हजार पुरुस्कारको ब्यवस्था मिलाइएको बस्नेतले जानकारी दिए ।
विद्यालयका प्रधान्ध्यापक टंकनाथ झा का अनुसार विद्यार्थीहरुको क्षमतालाइ सार्वजनिकरण गर्ने यो एउटा अवसरको रुपमा यो प्रदर्शनी रहने छ । सामुदायिक बिद्यालयको अग्रसरतमा यस प्रकारको कार्यक्रम यो जिल्लामा नै पहिलो भएको उनको भनाइ रहेको छ ।
क्लवका अध्यक्ष नियोज ओलीले दूइ दिनसम्म चल्ने प्रदर्शनीमा वातवरण संरक्षण र बिज्ञान सम्बन्धिका बिभिन्न जानकारीहरु एकै ठाँउमा पाइने छ । अभिभावक तथा बिद्यार्थीहरुलाइ आएर नियाल्दिन पनि उनले आग्रह गरे ।हिमाविको मैदान सम्याउने काम धमाधम भइरहेको पाइएको छ ।











