–लालबाबु पण्डित
म एकपटक तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायलाई भेट्न गएको थिएँ । त्यसबेला विश्वनाथ उपाध्यायले ‘न्यायाधीश पदमा रहँदासम्म म नेपालमा रहन्छु, मेरा परिवारका सबै अमेरिका सिफ्टभइसके, म पनि रिटायर हुनासाथ अमेरिका जान्छु’ भन्नुभयो ।
त्यही कुराले २०५८ मा पहिलोपटक मेरो दिमागमा ‘हिट’ ग¥यो । त्यसपछि बेलायतमा नेपालका एक राजदूतले आफ्नो कार्यकाल सकिएपछि बेलायत सरकारबाट चिठी लेखाएर कार्यकाल बढाउन खोजेको तर कार्यकाल नबढेपछि उतै ग्रीन कार्ड लिएर बसेको घटनाले पनि मलाइ छोयो ।
जो देशप्रति नै इमान्दार छैनन् उनीहरुले देशका लागि केही गर्छन् भनेर कसरी पत्याउने । जसले आफ्नो मनबाट देश हटाइसक्यो । जसले आफ्नो मनमा विदेश बोकेको छ ।
उसले देशका लागि के योगदान गर्ला ? त्यस्तो व्यक्ति राजनीतिमा छ भने पनि राजनीतिबाट हटाउनु पर्छ । निजामति प्रशासन अथवा नेपालकोे कुनै पनि प्रशासनमा भएका व्यक्ति यदि मनमा विदेश बोकेर बसेका छन् भने उनीहरुलाई कुनै पदमा बस्ने अधिकार छैन ।
मेरै पहलमा संविधानको धारा २९१ मा विदेशमा ग्रीनकार्ड वा नागरिकता भएकाले कुनै पनि प्रशासनमा बस्न नपाउने व्यवस्था भएको छ ।
यदि त्यस्ता व्यक्तिले प्रशासनमा रहन पाउनु पर्छ भनेर कसैले भन्छ भने त्यो कुतर्क हो । देशलाई बन्धकी बनाउने निजी स्वार्थमा गएकाहरुले मात्र त्यस्तो कुतर्क गर्छन् । उनीहरुको कुनै तर्क सुन्न चाहन्नँ ।
नीजामती कर्मचारी वा नेता जो बिदेशी नागरिक बन्ने प्रक्रियामा छन् वा बनेकाछन् हामी सबै मिलेर हटाउनु पर्छ । उनिहरु जे मा जहाँ छन् त्यहाँबाट हटाउनु पर्छ । सार्वजनिक पद धारण गर्न दिनु हुदैन । संविधानमा प्रष्टसंग यसको ब्यवस्था छ । उनले जनता टेलिभिजनको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।



