दमक/हिन्दु धर्ममा सबैभन्दा बिशिष्ठ एवं उच्च पद शंकराचार्यको चौथो सुचिमा साध्वी श्री हेमानन्द गिरी परेकी छन । जुना अखडा नेपाल राष्ट्रिय समितिकी अध्यक्ष समेत रहेकी उनि यो सूचिमा पर्ने नेपाली मात्र नभएर विश्वकै पहिलो महिलाहुन् ।
साध्वी श्री हेमानन्द गिरीले विश्वकै ठुला चार मठमध्ये एक मठमा दाबी गर्दा अहिले विश्व नै तंरगित भएको छ । सगरमाथाकी छोरी पहिलो महिला शंकराचार्य हुनु सबैको लागि गर्वको कुरा हुने भन्दै आफूलाइ सहयोग गर्न गिरीले आग्रह गरिन् ।
२ सयबाट, ५८ जना, ५८ जनाबाट फेरी छनौट गर्दा ४ जनामा उनि पनि परेकीछन् । उनि लामो समयदेखि नेपालमा हिन्दु धर्मको संरक्षण तथा सनातन धर्मको रक्षाका लागि लागि परेकी थिइन् ।शंकाराचार्य हिन्दु परम्पराको उच्च पद भएको र सनातन धर्म सञ्चालनका लागि चारवटा मठ रहेको छ ।
उत्तराखण्डको ज्योती मठलाइ आफूले दाबी गरेको गिरीकोभनाइ छ । यो हिमालयको मठ भएकाले त्यो नेपालले पाउनु पर्छ भन्ने दावी आफूले गरेको उनको तर्क रहेको छ । सगरमाथा भएको देश र हिमालयको देश नेपाल भएकाले नेपालको दावी जायज भन्नेहरुको पक्ष बढ्दै गएको गिरीले जनाइन् ।
शंकराचार्यले हिन्दुत्व रक्षाका लागि भारतका चार स्थानमा चार मठहरु स्थापना गरेका थिए । यी चार स्थानको समुचित संचालन र रक्षाका लागि विभिन्न अखाडाहरु पनि बनाईएका थिए । यी अखाडामा विभिन्न दशनामी सन्यासीहरु तयार भए र ती विद्वान संन्यासीहरुको सहमतीमा प्रमुख चार मठमा शंकराचार्यको चयन हुने गर्छ ।
प्रमुख चार स्थल मध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि नेपालकी साध्वी गिरीले आफ्नो दावेदारी पेस गरेपछि समर्थन बढेको पाइएको छ ।
गौतमका अनुसार यसका लागि तोकिएका हरेक मापदण्डहरुमा गिरी पर्नु भएको छ । यसले गर्दा अहिले उहाँको दाबेदारीले ठूलो बहस निस्किएको बताइन्छ । यदि गिरीले यो पदवी पाएको अवस्थामा यो पदवी पाउने पहिलो विश्वको महिला बन्नेछिन् ।



