काठमाडौं ।

रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा एक व्यवसायीको गोलीप्रहार गरी हत्या भएको छ।

गुण्डा नाईके मनोज पुन समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएकाे हाे । गोली लागि घाइते पौडेलको अञ्चल अस्पताल बुटवलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

काठ मिलमा गएका पौडेललाई बिहान करिब सवा ११ बजे डिस्कोभरी मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । घटनाको जिम्मा मनोज पुनले लिएका छन् ।

‘मेलै हाय हेल्लो गर्ने व्यक्तिलाई पनि अनावश्यक रुपमा फसाएको कारण मेरो केटाहरुले गोली हानेका हुन् । तिवारीको हत्या हुनु अघि पनि मैले सुध्रिन भनेको थिए तर मानेन ।’ मनोजले भनेका छन् ।

मनोजले बुठवलका पत्रकार कपिल ज्ञवाली र भैरहवाका पत्रकार राधेश्याम विश्वकर्मालाई मलेसियाबाट फाेन गरेर घटनाकाे जिम्मा लिएका हुन् ।

पौडेलको के-कति कारणले हत्या गरिएको हो भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । ईमान्दार मिडिया बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah