काठमाडाैं, ३१ भदाै ।सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको मुद्धाको पुनरावलोकन गर्ने भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा प्रधानन्यायधीस सुसिला कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, सपना प्रधान मल्लको संयुक्त इजलासले कार्की विरुद्धको मुद्धाको पुनरावलोनका लागि निस्सा हुने निर्णय सुनाएको हो ।
उक्त आदेशसँगै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलाशमा गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले अख्तियार प्रमुखको नियुक्तिलाई जायज ठहर्योइ रिट खारेज गर्ने फैसलाको न्यायिक पुनरावलोकन हुने भएको छ ।
यस अधि सर्वोच्चले कार्की नियुक्तिको बेलाको सक्कल कागजात पेश गर्न आदेश दिएको थियो तर सरकारले भुकम्पको बेला उक्त कागजात हराएको जावाफ दिएको थियो । उक्त फाइल हराएको केशमा सर्वोच्च अदालतले गंभिर चासो व्यक्त गर्दै अब पनि फाइल नपठाए कारबाही गर्ने चेतावनी दिएको छ ।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ , ‘७ दिनभित्र कागजात नपठाए न्याय प्रशासन ऐन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित निकायलाई पठाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah