विष्णुप्रसाद पोखरेल
दमक/पूर्वी नेपालमा मात्र बसोबास रहेको अल्पसंख्य सिमान्तकृत समुदाय धिमालले नीति निर्माण तहमा धिमालहरुको सहभागिता नहुन सक्ने संकेत मिलेको भन्दै यस्तो अवस्था आउन नदिनका लागि माग गरेको छ
धिमाल जातीय बिकास केन्द्र केन्द्रिय समितिले झापाको दमकमा पत्रकार सम्मेलन गरेर नै यस्तो माग गरेको हो । प्रतिनिधि सभा र प्रदेश सभाबाट एक जना पनि धिमालको उपस्थिति संसदमा न हुनेपछि धिमाल अगुवाहरु यसको ‘लविङ’मा पनि लागेकाछन् ।
संघका अध्यक्ष तेजबाहादुर धिमाल र महासचिब केदार धिमालले प्रेस बक्तब्य नै जारी गरेर नेपालको संविधानको धारा ४२ मा सबै आदिबासी, जनजाती, महिला, मधेशी अल्पसंख्यक र आर्थिक रुपमा बिपन्न खस आर्य लगायतको अनिवार्य सहभागिताको परिकल्पना गरेको भन्दै आफूहरुलाइ अटाएर लैजान आग्रह गरेकाछन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएकाले अब राष्ट्रिय सभामा धिमालको प्रतिनिधित्वको माग उठेको हो । धिमाल अगुवाहरुले आफूहरुलाइ जून पार्टीले भएपनि कम्तिमा एकजनाको प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिए ।
धिमाल अगुवा एवं निवर्तमान साँसद पर्तमान धिमाल, धिमाल अगुवाहरु लोकबहादुर धिमाल, राम धिमाल, मोहन धिमाल लगायतले पूर्वी नेपालमा रहेका अल्पसंख्यक धिमालहरु कुनै हालतमा छुटनु हुन्न भन्ने आफूहरुको माग रहेको स्पष्ट पारे ।
दमक नगर कार्यापालिकाले आफ्नो प्रथम नगरसभाबाट धिमाल जातीले यहाँको पुरानो जातिको रुपमा स्वीकार गर्दै प्रथम नागरिक घोषणा गरिसकेको छ । राजनीतिक दलहरुले प पनि यस बिषयमा समेत सोच्दै अल्पसंख्यक यो जातिको प्रतिनिधित्वलाइ ग्यारेन्टि गरिनु पर्ने धिमाल अगुवाहरुको तर्क छ ।



