काठमाडौं । शास्त्रहरूमा हप्ताको हरेक दिन कुनै विशेष कार्य गर्न निषेध गरिएको छ । यसमा दैनिक जीवनसँग जोडिएका कुराका अलावा यात्राका लागि निषेधित वार पनि छ।

यहाँ हामी बुधवारसँग जोडिएको त्यो मान्यताका विषयमा चर्चा गर्नेछौं जसअनुसार छोरीहरूलाई बुधवार ससुराल पठाउन हुँदैन ।

बुधवार छोरीलाई घर पठाउँदा दुर्घटनाको सम्भावना हुन्छ । यति मात्र नभई छोरीको घरसँगको सम्बन्ध पनि बिग्रिन्छ । शास्त्रमा यस अपशकुनसँग जोडिएको कारणको व्याख्या पनि छ ।

पौराणिक मान्यताअनुसार बुध ग्रहले चन्द्रलाई शत्रु मान्छ तर चन्द्रले बुधलाई शत्रु मान्दैन । ज्योतिषमा चन्द्रमालाई यात्राको कारक मानिएको छ भने बुधलाई लाभको ।

त्यसैले बुधवारका दिन यात्रा गर्नु हानिकारक छ । बुधदेव अनुकूल नहुँदा दुर्घटना वा अनिष्ट हुने सम्भावना बढ्छ ।

बुधवार छोरीले यात्रा गर्नु नहुने सम्बन्धमा एउटा कथा पनि छ । कथाअनुसार प्राचीनकालमा भारतवर्षको कुनै नगरमा मधुसूदन नामक एक सेठको विवाह सुन्दर र गुणी कन्या संगीतासँग भएको थियो ।

एकचोटि मधुसूदनले बुधवारका दिन पत्नीका आमाबुवासँग संगीतालाई बिदा गर्न लगायो । उसका सासू ससुराले त्यो दिन छोरी बिदा गर्न चाहेनन् र ज्वाईंलाई सम्झाउने कोशिश गरे । तर मधुसूदन मानेन र ऊ संगीतालाई लिएर त्यहाँबाट हिँड्यो ।

दुवैजना गोरुगाडा चढेर घर फर्किंदैथिए । अचानक बाटैमा गाडीको पांग्रो खुस्कियो । त्यसपछि उनीहरू पैदलै हिँडे । एक ठाउँमा पुगेपछि संगीतालाई तिर्खा लाग्यो । मधुसूदनले उनलाई रुखमुनि राखेर पानी खोज्न गयो ।

एकछिनपछि पानी लिएर आउँदा ऊ तीनछक्क प–यो किनकि उसकै जस्तो अनुहार भएको अर्को व्यक्ति संगीतासँग बसिरहेको रहेछ । संगीताले पनि आफ्नो असली पति चिन्न सकिनन्।

मधुसूदनले उक्त व्यक्तिलाई सोध्यो, ‘तिमी को हौ र मेरी पत्नीसँग किन बसेको ?’

उक्त व्यक्तिले भन्यो, ‘अरे, यो मेरी पत्नी संगीता हो। तिमी चाहिँ को हौ नि मलाई प्रश्न सोध्ने ?’ यो सुनेर मधुसूदन खुबै रिसायो र तेरिमा नक्कली भन्दै झगडा गर्न थाल्यो । उनीहरूको झगडा देखेर नगरका सिपाहीहरू त्यहाँ आए । सिपाहीले दुवैलाई पक्रिएर राजाकहाँ लगे।

राजालाई पनि असली नक्कली छुट्ट्याउन गाह्रो भयो । उनले दुवैलाई जेलमा हालिदिने आदेश दिए । त्यतिखेरै आकाशवाणी भयो, ‘मधुसूदन, तैंले संगीताको आमाबुवाको कुरा नमानेर पत्नीलाई माइतबाट बिदा गराइस् । अब बुध भगवानको प्रकोपले तँमाथि संकट आयो ।’

मधुसूदनले गल्ती मान्यो । उसले भगवान् बुधदेवसँग क्षमाप्रार्थना ग–यो र भविष्यमा कहिल्यै पनि यसो नगर्ने प्रण ग–यो । मधुसूदनको प्रार्थना सुनेर बुधदेवले उसलाई माफी दिनुभयो । त्यतिखेरै अर्को व्यक्ति गायब भयो।

अरू मानिस पनि यो चमत्कार देखेर छक्क परे। उक्त व्यक्ति बुधदेव आफैं हुनुहुन्थ्यो। लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah