नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दिउँसो ३ बजे बसेको बैठकले राजनीतिक समन्वय गर्न दुई दलका नेता सम्मिलित कार्यदल गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ।
आजको एकता संयोजन समितिको बैठकले राजनीतिक समन्वय गर्न दुई दलका नेता सम्मिलित कार्यदल गठन गर्ने जस्तो महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।
बैचारिक र संगठनात्मक संरचना बनाउने बिषयमा समेत छलफल भएको बैठकमा सहभागी एक नेताले बिजपाटिलाई बताएका छन। उनका अनुसार एमाले अध्यक्ष ओली थाइल्याण्डबाट फर्केपछि मात्र एकताबारे बृस्तृत छलफल हुने भएको छ। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदैछन्।
पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी थिए।
बैठकमा दुवै पार्टीका संगठन र भातृ संस्थाहरुको एकता कसरी गर्ने , भावी पार्टी नेतृत्वको विषयमा पनि बैठकमा छलफल भएको नेताहरुले बताएका छन् । बिजपाटी बाट



