काठमाडौं-एमाले अध्‍यक्ष केपी शर्मा ओलीले बाम एकता आफू बैककबाट फर्किएपछि हुने बताएका छन्।

स्वास्थ्योपचारका लागि बैंकक जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्‍मेलनमा उनले भने, ‘अबको १५ दिनमा बाम एकता भएरै छाड्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले चुनावको जनादेश सरकारले अटेर गरेको आरोप लगाए। उनले भने, ‘चुनाब जे कामका लागि भयो, त्यो पूरा गर्न दिएन सरकारले। तर पनि बाम एकता १५ दिनमा हुन्छ।’ बुधबार बैंकक प्रस्थान गरेका ओली सोमबार काठमाडौँ फर्कनेछन्।

सरकारले प्रदेशका प्रमुख अनेक बहानामा नतोकेको उनले आरोप लगाए।