स्मार्टफोन प्रयोगकर्ताहरू फोनमा अनेकौं एप भरेर राख्छन् । यीमध्ये धेरै एप कुनै खास कामका लागि हुन्छन् तर तिनले आफ्नो काम नगरेर फोनलाई नै नोक्सान पु–याइरहेका हुन्छन् ।

वाईफाई एनालाइजर, स्पीड टेस्ट कतिपय प्रयोगकर्ताले वाईफाईको स्पीड बढाउनका लागि वा स्पीड परीक्षणका लागि यो एप प्रयोग गर्छन् । यिनले फोनलाई हानि मात्र गर्छन् ।

फ्री वाईफाई सित्तैमा वाईफाई दिने नाममा यस्ता एपले फोनलाई बिगार्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रियलटाइम क्लीनर फोनको जंक मेमोरीलाई हटाउन र स्पीड बनाउन प्रयोग गरिने यो एपले पनि फोन बिगार्छ ।

रियलटाइम बूस्टर फोनको स्पीड बढाउनका लागि यो एपको प्रयोग गर्नुहुन्छ भने तुरुन्तै डिलिट गर्नुस् ।

नेटवर्क गार्ड फ्रीमा वाईफाई कनेक्टिभिटी दिने भनिएको एपले तपाईंको गोपनीयता भंग गरिदिन्छ ।

फ्री वाईफाई प्रो कुनै पनि वाईफाईको पासवर्ड क्य्राक गर्ने भनिएको यो एपको प्रयोग गर्दै नगर्नुस् ।

फाइल ट्रान्स्फर प्रो भारी फाइलहरूलाई सार्ने यो एपले फाइललाई करप्ट पनि गर्नसक्छ ।

क्लीन लाइट फोनबाट जंक आइटम हटाएर ब्याट्री बचाउने दाबी गर्ने यो एपले फोनलाई हानि पु–याउँछ ।

कल रेकर्डिङ म्यानेजर फोनमा पहिले नै कल रेकर्डिङ फीचर हुन्छ । एप नै किन चाहियो र ?

ब्राइटेस्ट फ्ल्याशलाइट मोबाइलको फ्ल्याशलाइटलाई अझ चम्किलो र कस्टमाइज गर्ने यस एपले प्रोसेसरमा असर पार्छ ।

एजेन्सी