दमक/आज केहिबेरपछि पूर्व प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दमक आउदैछन् । उनि आज देखि शुरु हुने दमक महोत्सवको उद्घाटनका लागि दमक आउने कार्यक्रम छ ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री क्षेत्र नंं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि बाहिर जानु पर्ने भएकाले ओलीको सन्देश लिएर समेत प्रचण्ड आउन लागेका हुन् ।
ओलीले यस क्षेत्रको बिकास र पार्टी एकताको सन्देश दिनका लागि प्रचण्डलाइ सन्देश पठाएको एक एमाले नेताले बताएकाछन् । हिजो बिहान दूइजनाबीच भएको कुरामा ओलीले यस्तो बताएका हुन् ।
प्रचण्डले आफू झापा जान लागेको भन्दै ओलीलाइ जानकारी गराएका थिए । ओलीले प्रफुल्लित हुदै आफ्नो सन्देश पनि सुनाइदिन भन्दै आफ्ना कुरा राखेको जनाइन्छ । प्रचण्ड महोत्सव उद्घाटन पछि अन्य बिभिन्न कार्यक्रममा सहभागि हुनेछन् ।
माओबादी केन्द्रका नेता गगन पुरीका अनुसार पार्टी कार्यालय बालुवाटारमा पनि कार्यक्रम तय भएको छ । महोत्सव पछि प्रचण्ड माओबादी पार्टी कार्यालय बालुवाटार जानेछन् ।



