दमक/झापाको दमकमा आजबाट शुरु भएको दमक महोत्सव उद्घाटनमा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएनन् । मौसमको कारण हवाइ उडान नहुदा नआएको बताईएको छ ।
महोत्सव उद्घाटनको प्रमुख अतिथि प्रचण्ड रहने बताइएको थियो । प्रचण्ड नआएपछि प्रदेस सभा सदस्य अर्जुन राइ प्रमुख अतिथि बनेका थिए । उनले महोत्सवको उद्घाटन गरे ।
महोत्सवको पहिलो दिन स्टलहरु आउने क्रम जारी रहेको पाइएको छ । खोलाको बगरमा महोत्सव शुरु भएको छ भने पहिलो दिन उत्साह जनक सहभागिता रहेको जनाईएको छ ।



