दमक/झापाको कमल गाँउपालिकाको वडा नं. ५ दुम्सेमा हात्तीले उपद्रो मच्चाएको छ । विहिबार बिहान कृष्णबहादुर राइको घर पूर्ण रुपमा भत्काएको वडाध्यक्ष डम्बर निरौलाले बताए ।

वडाध्यक्ष निरौलाका अनुसार उनको घरमा रहेको सम्पूर्ण अन्नहरु समेत हात्तीले नष्ट गरेको छ । हात्तीले स्थानीयहरुको समेत खेतवालीमा नष्ट गरेको पाईएको निरौलाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस कमल गाँउपालिकाका सभापति राजु न्यौपानेका अनुसार स्थानीयहरु हात्तीको उपद्रोका कारण पीडित बनेकाछन् । पीडितहरुलाइ तत्काल राहत पुर्याउन सरोकारवाला निकायहरुसंग उनले माग पनि गरे ।