नेपाली कांग्रेसले अप्रत्यासित हार बेहोरेको र पार्टी असहज परिस्थितिबाट अघि बढिरहेको बेला केन्द्रीय प्रवक्ताको गहन जिम्मेवारी पाउनु भएको छ , यो जिम्मेवारीलाई कसरी लिन्ु भएको छ ?
नेपाली कांग्रेसले राष्ट्रिय निर्वाचन सम्मपन्न गराएर लामो संक्रमणकालको अन्त्य गनेर् गौरवान्धित भूमिका निर्वाह गरेको छ । शान्ति स्थापना, संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जगजायर छ । मधेसलाई विश्वासमा लिन, निर्वाचनमार्फत संविधान कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण क्षणमा छ, नेपाली कांग्रेस । अकोर्तिर गम्भीर अवस्था र मोडमा पनि पुगेको छ पार्टी । हामीले सबै कुरा गर्न सक्यौँ तर पार्टीलाई देशव्यापी रुपमा विजयी बनाउन सकेनौँ । त्यसैले पार्टीले बेहोरेको गम्भीर पराजयलाई गम्भीर ढंगले आत्मसमीक्षा गनेर् दिशामा कांग्रेस जाँदैछ । अहिलेको घडीमा पराजित हँुदैगर्दा पनि मुस्कुराउदै कांग्रेस बडो उत्साहपूर्वक नयाँ ढंगले दृढ संकल्पका साथ अघि बढ्नु पर्छ, त्यही काममा मेरो भूमिका रहन्छ ।
तपाई पार्टी प्रवक्ता हुँदैमा यो सारा सम्भव छ ?
म पार्टीको प्रवक्ता नियुक्त हुँदा मात्रै सबै कुरा सम्भव हुने होइन । एउटा कोही कार्यकर्ताले प्रवक्ताको जिम्मेवारी प्राप्त ग¥यो भने त्यो निश्चित जिम्मेवारी प्राप्त गरेको मात्र हो , त्यही अर्थमा बुझ्नु पर्छ । पार्टीले निमार्ण गनेर् नीति , पार्टीका निर्णयहरुमा सार्वजनिक ढंगले राम्रोसँग सम्प्रेषण गनेर् जिम्मा प्रवक्ताको हो । यसको अर्थ के भने पार्टीको प्रवक्ता मात्रै भएर केन्द्रीय सदस्यले प्रवक्ताको जिम्मेवारी पाएको नाताले र केन्द्रीय सदस्यको रुपमा मैले यो तरिका र ढंगले अघि बढाऔँ , यो ढंगले अघि बढे पार्टीलाई सुदृढ गर्न सकिन्छ, भन्ने कुरामा र कमजोरीको सन्दर्भमा घनीभूत छलफल गनेर् गराउने र त्यसमा आफ्नो धारणा पनि राख्ने कुरामा म संकल्पित भएर लाग्छु ।
तपाईले पार्टी प्रवक्ताको जिम्मेवारी लिँदै गर्दा देशभरका कांग्रेसजन र विशेष गरी युवा पुस्तामा के सन्देश प्रवाहित भएको छ ?
पार्टीमा रुपान्तरणको तीव्र माग थियो, छ । यसै पनि विश्वप्रकाश शर्मा केन्दीय सदस्य भन्दै गर्दा महाधिवेसन सम्पन्न भएको २१ महिनासम्म पदाधिकारी, प्रवक्ता नभइ रहेको सन्दर्भ र जिम्मेवारी पूरा नभइरहेको बेलामा यो जिम्मेवारी प्राप्त हुने कुरा चाहिँ सकरात्मक रुपमा साथीहरुले लिनु भएको छ । पार्टीका सबै नेताहरु यो पक्ष त्यो पक्ष जे भने पनि आदरणीय नेताहरुल विश्वप्रकाश शर्मा प्रवक्ता बन्दै गर्दा सदीक्षा दिनु भएको छ । सबैको साथ सहयोग प्राप्त गरेको अवस्था बनेको छ । देशभरका साथीहरुको भावनात्मक रुपमा समर्थन प्राप्त गरेको अवश्था छ । त्यसकारण मैले अहिले प्राप्त गरेको जुन जिम्मेवारी छ , त्यो पूरा गर्न ठन्डा दिमागले नआत्तिकन, नहतारिकन, सोचेर ,बुझेर ,अध्ययन गरेर, जिम्मेवार ढंगले म लाग्ने छु ।
तपाईलाई यो सरप्राइज हो, पार्टी सभापतिले यस्तो निर्णय एक्कासी किन गर्नु भयो, यसको कारण के हुन सक्छ ?
यो निर्णय बाहिर आउँदै गर्दा पार्टीका नेताहरुले परामर्श र छलफल गरेरै गर्नु भएको निर्णय हो भन्ने मेरो जानकारीमा छ र त्यही भएको हो । जहाँसम्म पार्टीको पछिल्लो अवस्था छ , पछिल्लो अवस्थामा देशव्यापी रुपमा पार्टीलाई नयाँ ढंगले लिएर जानका लागि पार्टीका कुरा राख्न, छलफललाई प्रभावकारी ढंंगले सम्प्रेषण गर्नका लागि वा पछिल्लो पुस्ता आउनु पर्छ भन्ने मागलाई सम्बोधन गर्नका लागि, यि सबैकुरा भएका हुन । त्यसका लागि हामी निश्चित युवामा पार्टीको यो जिम्मेवारी जानु पर्छ भन्ने कुरामा पार्टीको नेतृत्व थियो । पार्टीका नेताहरुका बीचमा परामर्श भएर र अन्ततःपार्टी सभापतिले मनोनयन गरेको भन्ने मैले सूचना पाएको छु । त्यही अनुरुप साझा ढंगले म पार्टीमा कुरा राखेर जाने सन्दर्भमा म दृढतापूर्वक लाग्ने छु ।
केही प्रभावशाली युवा नेताले पार्टीे केन्द्रीय समिति बैठक, महासमिति बैठक र आवश्यकता अनुरुप महाधिवेसनको कुरा उठाइ रहेको बेला तपाईलाई तानेर प्रवक्ता बनाइएको छ, अब हिजो उठाएका विषयलाई कसरी सम्वोधन गर्नु हुन्छ ?
म पार्टीको प्रवक्ता बन्नु अगाडि जसरी यी कुराका बारेमा प्रतिबद्ध थिएँ, प्रवक्ता भइसकेपछि पनि ति कुरामा त्यही रुपमा प्रतिबद्ध छु,रहने छु । नेपाली कांग्रेसको पराजय पछाडि केन्द्रीय कार्य समितिको बैठक बसेर एउटा मत नबनेसम्म ठाँउ ठाँउमा युवाहरुले, पाकाहरुले ,केही महिलाल,े केही बुद्धिजीवीहरुले पार्टीको रुपान्तरण, पार्टीको पुर्नजीवनका बारेमा छलफल गर्न, सकारात्मक बहसहरु गर्न सक्छन् । ती सबै बहस र छलफलबाट प्राप्त भएको ऊर्जालाई केन्द्रीय कार्य समितिले ग्रहण गनेर् छ, गर्छ र गरेर नेपाली कांग्रेस अघि बढ्ने छ । म प्रवक्ता हुनुभन्दा अगाडि म लगायतका सात जना युवाले जुन विज्ञप्ति दिएका थियाँै, त्यो विज्ञप्तिको सार के छ, विज्ञप्तिको अन्तरवस्तु के हो, विज्ञप्तिमा भएका कुरा र त्यसको स्प्रीड के छ म त्यसप्रति अहिले पनि प्रतिबद्ध छु, यो कुरालाई संगै लिएर जान्छु । म यस्तो कुरा प्रवक्ता बन्नुभन्दा अघि बोलिरहेको थिइनँ, जुन व्यावहारिक नहोस् । मैले यस्तो कुरामा सहमति जनाइ रहेको थिएँ । यो कुरा चाहिँ नारामा मात्र अगाडि बढाउने खालको नहोस् । मैले यस्तो कुरामा साथीहरुका बीच साझा धारणा बन्नु पर्छ भनेको थिएँ । अहिले पार्टी नेतृत्वलाई विश्वासमा लिन, साथीभाइमा पनि ऊर्जा भदैर् कसरी अगाडि जान सकिन्छ भन्ने कुरा नै हो । जब ७० वर्ष नाघेकाले छोडनु पर्छ भन्ने कतिपय साथीहरुले कुरा ल्याउनु भयो, मैले त्यसमा भने राजनीतिलाई एजले होइन, एजेण्डाले चलाउनु पर्छ । त्यसकारण ७० नाग्दैमा कोही अयोग्य हुने भन्ने हुँदैन । कपाल फुल्दैमा कोही अयोग्य हुने र कपाल कालो हुँदैमा वा कपालमा कालो दल्दैमा कोही योग्य हुने भन्ने हँुदैन । त्यसकारण मैले यो कुरा विज्ञप्तिमा नराखौँ भने त्यो कुरा सात जनाको विज्ञप्तिमा छैन । कतिपय साथीभाइले विशेष महाधिवेसन गर्नु पर्छ र यो प्रक्रियाबाट जानु पर्छ भन्नु भयो । विशेष महाधिवेसनको कुरा व्यावहारिक छैन । अबको दुई वर्ष पछि महाधिवेसन आउँछ । अहिले केन्द्रीय समितिको बैठक, महासमितिको बैठकबाट कांग्रेसलाई रुपान्तरणको प्रक्रियामा लानु पर्छ भन्ने धारणा मैले त्यसबेला पनि राखेको थिएँ । र, विज्ञप्तिमा पनि त्यही छ । केन्द्रीय समितिको बैठक चाँडो बसाइयोस् र महासमिति बैठक चाँडो बोलाइयोस् भन्ने नै हो । अब मेरो स्वर त्यति मात्रै बदलिन्छ केन्द्रीय समितिको बैठक चाँडो बोलाइयोस् भन्ने ठाँउमा म नभएर केन्द्रीय समितिको बैठक अब चाँडै बस्ने छ भन्ने ठाँउमा छु । एक हिसाबले मैले त्यही कुरा राख्न थालेको छु ।
प्रभावशाली नेता गगन थापालाई अनुशासनको कार्यवाही गर्नु पर्छ भन्ने कुरा बाहिर आएको छ, यथार्थ के हो ?
मैले यो कुरा विल्कुल सुनेको छैन । कार्वाहीको कुरा कहीँ कतै आएको छैन । कसैले कहीँ केही लेख्नु भयो होला । व्यक्तिगत रुपमा भावना राख्न सबै स्वतन्त्र हुनुहुन्छ । गगन जीले यत्रो पार्टीले कार्वाही गर्नु पनेर् गरी अनुशासन उल्लङ्घन गरेको भन्ने कुरा पार्टीको नोटिसमा आएको छैन र गगन थापाले गरेका पनि छैनन् । मैले यो कुरा पहिलो पटक तपाईबाटै सुन्दै छु । कसैले समाचारमा, अनलाईनमा, ,फेसबुकमा लेख्नु भयो होला । यो कुरा आधिकारीक होइन ।
तपाई पार्टीको प्रवक्ता भए पछि कांग्रेसलाई नवजीवन दिने ,पुनजागरण गनेर्, नवीन बनाउन पहिला के काम गर्नु हुन्छ ?
कांग्रेसको प्रवक्ताले गनेर् दायित्व के हो त्यसलाई गम्भीरतापूर्वक निर्वाह गनेर् काममा म लाग्ने छु । प्रवक्ता आफँैले सबै दृष्टिकोणहरु निर्माण गनेर् होइन, प्रवक्ताले नै पार्टीको सबै संरचनाहरुलाई नेतृत्व गनेर् होइन । तर, केन्द्रीय सदस्यका रुपमा पार्टीलाई नयाँ, नवीन संरचनामा लिएर जाने सन्दर्भमा मेरो दायित्व हुन्छ । पार्टीका समस्याहरु पहिचान गरेर ति समस्यालाई यसरी समाधान गरेर जाउँ भन्ने कुरामा धारणा, लविङ भूमिका मेरो रहन्छ । तर, प्रवक्ताका रुपमा पार्टीले पारित गरी सकेका कुरा, नीतिहरु , पार्टीले निर्माण गरेका कार्यक्रमहरु यस्ता कुरा सार्वजनिक रुपमा सम्प्रेषण गनेर् कुरा मेरो हुन्छ । मेरो दुईवटा भूमिका हुन्छ । एउटा केन्द्रीय सदस्यका रुपमा पार्टीका ससस्यालाई समाधान गर्न पहल गनेर्, छलफल गनेर्, बहस गनेर्, आवाज उठाउने । अकोर् चाहिँ पार्टीका अफिसियल कुरा जे हो त्यो सार्वजनिक रुपमा लिएर आउने भुमिका मेरो हुन्छ ।
तपाई नेविसंघको महामन्त्री, सभापति हँुदै पार्टीको केन्द्रीय सदस्य, अहिले पार्टीको प्रवक्ता हुनु भया,े यो कसरी सम्भव भयो, भनाँै विश्वप्रकाश शर्मा नै किन पार्टीको प्रवक्ता ?
मभन्दा धेरै योग्य साथीहरु नेपाली कांग्रेस पार्टीमा हुनुहुन्छ । मैलेभन्दा राम्रोसँग पार्टीको नीति, पार्टीको निर्णयलाई सार्वजनिक रुपमा सम्प्रेषण गर्न सक्ने क्षमता र कला भएका साथीहरु थुप्रै हुनुहुन्छ । त्यसैले मभन्दा अरु साथीहरुले जिम्मेवारी पाउँदै गर्दा पनि मैले त्यत्तिकै उत्साह र हार्दिकतापूर्वक लिनु पथ्योर् र लिन्थँे । पार्टीले यो बेलामा मलाई अलि बढी झापा बस्यो, बस्तै आएको छ, ढुक्कै झापामा बसेको छ र बेलाबेला मात्रै काठमाडौं आएर काम गनेर् र समय दिएर फर्कने गरेको अवस्थामा यो जिम्मेवारी दिएको हुनुपर्छ । कि म मेची (महाकाली गथेर्ँ कि झापा बस्थँे । मेरो लागि काठमाडौँ ट्रान्जिट थियो । यो बेलामा नेताहरुले सोच्नु भयो विश्वप्रकाशलाई काठमाडौ केन्द्रित गराउनु पर्छ । काठमाडौँ बसेर उसले देशभर भूमिका लिएर जानुपर्छ । एउटा जिम्मेवार भूमिकामा बस्नुपर्छ भन्ने सोच्नु भयो होला । त्यसकारण विश्वप्रकाश प्रवक्ता बनाउन योग्य हिसाबले पनि ठिक छ भन्ने सोच्नुभयो होला । त्यसको अर्थ जिल्लामा बसेको मानिस प्रवक्ता बनाएर काठमाडौँमा राखौँ भन्ने मात्र हो भन्ने चाहिँ म भन्दिनँ , सोच्दिनँ । जिल्लाका धेरै साथीहरु काठमाडौँ बस्नुहुन्छ । विश्वप्रकाश हिजो नेविसंघको महामन्त्री, अध्यक्ष भएर राम्रो ढंगले जिम्मेवारी सम्हाल्दै नेतृत्व हस्तान्तरण गरेर हिँडेको मानिस हो । लेख्ने र बोल्ने सन्दर्भमा पनि कर्म गर्दछ । सायद उसैलाई बनाउनु अहिलेको सन्दर्भमा उचित हुन्छ भन्ने सोच्नु भयो होला । त्यसैले मैले यसलाई परीक्षाको घडीका रुपमा लिएको छु । मेरा लागि यो चुनौती र अवसर दुईवटै हो ।
यो मेरा लागि महत्वपूर्ण दायित्व पनि हो । यो दायित्वलाई मैले सानो भएर, गम्भीर भएर, धेरैको कुरा सुनेर, बुझेर , आफूभित्र दृष्टिकोण निर्माण गनेर् क्षमता बढाएर, अध्ययन गनेर् क्षमतालाई थप अभिवृद्धि गरेर अघि बढ्नु पर्छ ।
पार्टी रुपान्तरणको प्रक्रियामा गएको हो ?
अब हामी बदलिन्छौँ, कांग्रेस बदल्ने छौँ, मैले झापाबाट हिँड्दा यही भनेको थिएंँ । विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौँ आइपुगँें र काठमाडौँबाट सात जना युवाले विज्ञप्ति जारी ग¥यौँ । त्यो विज्ञप्तिमा पनि हामी बदलिन्छौँ , कांग्रेस बदल्छौँ भन्ने कुरालाई समाविष्ट गरियो । त्यस पछि पार्टी नेतृत्वले प्रवक्ता बनाउँदै गर्दा, त्यो नारालाई पार्टीले पनि स्वामित्व ग्रहण गरेको सन्दर्भमा मैले यसलाई लिएको छु ,बुझेको छु । हामी बदलिन्छौँ कांग्रेस बदल्छौँ भन्ने कुराको प्रक्रिया सुरु भइसकेको छ । पार्टीका देशभरका साथीहरुले नवीन रक्तसञ्चार भएको अनुभूति गदैर् नयाँ ढंङगले उत्साहित भएर अघि बढ्नु पर्छ । म सबैमा यो अपील पनि गर्न चाहान्छु ।
प्रवक्ताका हैसियतले के भन्नु हुन्छ ?
देशभरका साथीहरुले यो समय यस्तै रहदैन भनेर बुभ्mनु पर्छ । र, विजयी भएका साथीहरुले राष्ट्र चलाउने जिम्मेवारी पाउँदै गर्दा सबै साथीहरुले बुद्धले शिष्यलाई लेख्न लगाएको कुरा यो समय यस्तै रहदैन भन्ने बुझनु पर्छ । राजनीति बदलिन सातवटा शुत्र जरुरी हुन्छ । ति सात शुत्र पार्टीले गम्भीरतापूर्वक लिन सक्नुपर्छ । नेपाली कांग्रेसलाई रुपान्तरण गरेर अघि बढ्ने र बढाउने दिशामा देशभरका साथीहरुले नयाँ ढंगले जुरमुराउने,सोच्ने र अघि बढ्ने योजना बनाउनु पर्छ । सबै साथीहरुलाई त्यसमा लाग्न म आग्रह गर्न चाहान्छु ।प्रतिदिन दैनिकबाट साभार



