गत असोज १७ गते भएको वाम गठबन्धन पछि बिना विभागीय भएका माओवादीका मन्त्रीहरूले आज राजीनामा दिएका छन्।

माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि समा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई बिना विभागीय बनाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चार महिना अघि बिना विभागीय बनेपनि अहिलेसम्म राजीनामा नदिएका माओवादी मन्त्रीहरूले आज प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकाे सुनिश्चितताकाे लागि भन्दै बिना विभागीय भएपनि माअाेवादी मन्त्री सरकारमा बसिरहेका  थिए।

प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएर सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता गिरिराज मणी पोखरेलले भने, ‘हामीले प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका छौँ, उहाँले पनि पत्र बुझ्दै धन्यवाद भन्नुभयो’ साथै उनले बिना विभागीय भएदेखिको पारिश्रमिक पनि नलिने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री रहेको वर्तमान सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका नौ जना मन्त्री र  सात राज्यमन्त्री सहभागी थिए।