छ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले आज अनसन तोडेका छन्। टिचिङ अस्पतालको गेट नजिकै जुत्ता सिलाउने काम गर्दै आएका अथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनसन तोडेका हुन्।

हिजो साँझ भएको केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौतापछि केसीले आज अनसन तोडेका हुन्। शुक्रबार साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत सोमबारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरेका थिए। सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन्। अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो। केसीको यो १४ औं आमरण अनशन हो।

हेर्नुहोस सहमति