एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो रहेको पाइएको छ । नियमित स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले ओलीको स्वास्थ्य अवस्था आफूहरूले ‘सोचेभन्दा राम्रो’ पाइएको जानकारी दिएका हुन् ।

२६ पुसमा नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका ओलीको दुई दिन लगाएर स्वास्थ्य परीक्षण गरिएको थियो । ‘अध्यक्षको नियमित स्वास्थ्य परीक्षण भइसकेको छ, अवस्था पहिलाभन्दा निकै राम्रो रहेको बताएका छन्,’ चिकित्सकको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले भने । जनता टाइम्सले लेखेको छ ।

मिर्गाैला प्रत्यारोपणपछि ओली नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । गत मंसिरमै नियमित स्वास्थ्य परीक्षणमा जानुपर्ने भए पनि चुनावी अभियानका कारण एक महिना ढिला बैंकक गएका ओली आगामी मंगलबार स्वदेश फर्कनेछन् । बिहानैदेखि बेलुकासम्म कार्यकर्ताको भीडभाड बढी व्यस्त दैनिकी बिताउनुपर्ने भएका कारण ओली केही दिन बैंककमै रहेका हुन् ।

चार वर्षअघि निकै संघर्षपूर्ण यात्रा व्यहोरेका ओलीले उपचारका क्रममा थुप्रै पटक विदेशी अस्पताल जानुप¥यो । स्वास्थ्यमा ख्याल नगर्दा कठिन अवस्था आएपछि केही समययता उनी नियमित परीक्षण गराउँदै आएका छन् । गम्भीर बिरामी परी १८ फागुन ०७० मा नयाँदिल्ली गएका ओली डेढ महिना लामो उपचार सकेर स्वदेश फर्केका थिए ।

३ वैशाख ०७१ मा काठमाडौं फर्केका ओलीले ‘सानै बिरामी भए पनि आफूले ठूलो दुःख पाएको र स्वस्थ भएर फर्केको’ बताए । ओलीले धेरैपटक जीवनका अन्तिमजस्ता घडीहरू बिताएको र आफूले रोगसँग लडेर नयाँ जिन्दगी लिएर फर्केको भन्दै देश र जनतामा समर्पित हुने घोषणा विमानस्थलमै गरे ।

‘मैले अन्तिमजस्ता लाग्ने धेरै घडीहरू जीवनमा व्यहोरेको छु । त्यस्तो धेरैपटक व्यहोरेकाले मलाई केही लागेको थिएन । तर, धेरैलाई यो घडी पनि अन्तिमजस्तै हो कि भन्ने लागेको थियो होला । म स्वस्थ भएर फर्केको छु । मेरो जिन्दगी थपिएको छ । यो थपिएको जिन्दगी मानवजाति, राष्ट्र, जनता, नेपाली समाजको उन्नतिमा लगाउनेछु । अब नेपाली राजनीतिले तीव्रता पाउँछ,’ उनले भनेका थिए । दिल्लीमा ओलीले केही समय अस्पतालबाहिर बसेर आराम गरेका थिए । किटाणुले छालामा संक्रमण गरेर उनलाई दुःख दिएको थियो । ब्याक्टेरिया पत्ता लगाउनै गाह्रो भएकोले लामो समय लागेको उनको भनाइ थियो । तर, स्वदेश फर्केको तीन साता नबित्दै उनी पुनः बैंकक जानुप¥यो ।

बैंककमा ः १७ वैशाखदेखि २० जेठसम्म उनको उपचार भयो । दिल्लीबाट ठीक भएर फर्केका ओलीलाई काठमाडौं आएपछि दुई सातामै अस्पताल भर्ना गर्नुप‍¥यो । त्रिवि शिक्षण अस्पतालमा म्यानेन्जाइटिसको उपचार गराइरहेका ओलीलाई थप उपचारका लागि १७ वैशाखमा थाइल्यान्ड लगियो ।

रोगप्रतिरोधी क्षमता अत्यन्तै कमजोर भएको र अस्पतालमा नेता–कार्यकर्ता तथा शुभचिन्तकको भीडले थप संक्रमण हुन सक्ने परिवारको चिन्तापछि ओलीलाई थाइल्यान्ड लगिएको थियो । उनको उपचारमा संलग्न प्राडा. शशि शर्माले भनेका थिए, ‘विचार पु‍याइएन भने अहिले मस्तिष्कको बाहिरी तहमा भएको संक्रमण सजिलै अन्य महत्वपूर्ण अंगमा पनि देखिन सक्छ । त्यो कुरा राम्ररी जानकारी भएकाले उहाँका परिवारले बाहिर लैजान खोज्नुभयो ।’

केही दिन शान्त र भीडभाड कम हुने ठाउँका लागि थाइल्यान्ड लैजान सुझाव दिइएको डा. शर्माले त्यसवेला बताएका थिए । बैंककस्थित बुमरुनगार्ड इन्टरनेसनल हस्पिटलमा झन्डै एक महिना उपचार गराएर ओली २० जेठमा काठमाडौं फर्केका थिए । बैंककपछि ओलीको उपचार ६ साउनदेखि १३ साउनसम्म सिंगापुरमा भएको थियो ।

बैंककमा उपचार गराएर फर्केको डेढ महिनापछि ओली पुनः ६ साउनमा उपचारकै लागि सिंगापुर गए । फंगल इन्फेक्सनका कारण सुन्निएको दाहिने हातको उपचार गर्न ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल गएका थिए ।फंगल म्यानेन्जाइटिसबाट ग्रसित ओलीको पहिलो उपचार बैंककस्थित बुमरानग्राड इन्टरनेसनल हस्पिटलमा भए पनि दाहिने हातमा देखिएको फंगल इन्फेक्सनको उपचारका लागि भने उनी सिंगापुर गएका हुन् । त्यसयता ओलीको नियमित स्वास्थ्य परीक्षण बैंककमा हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah