udayapure
उदयपुर/चुरे वन क्षेत्रमा मेसिनको प्रयोग गरि ढुंगा उत्खनन कानुनत बन्देज लगाईएपनि उदयपुरको बरुवा खोला क्षेत्रबाट अबैध रुपमा ढुंगा उत्खनन भईरहेको छ ।
स्थानीय ठेकेदारले बरुवा खोलामा २ वटा मेसिनको प्रयोग गरि ढुंगा उत्खनन गरिरहेका छन ।
कुलो मर्मत गर्ने नाममा स्थानीय ट्याक्टर व्यवसायी र ढुंगा, गिटी बालुवाको ठेकेदारहरुले प्रहरीको मिलेमतोमा ढुंगा उत्खनन गर्नकै लागि खोलामा मेसिनको प्रयोग गरेको स्थानीयको आरोप छ ।  दुई दिनको विचमा मेसिन प्रयोग गरि निकालिएको करिव ५०० टिप ढुंगा अन्यत्र निकासी गरिसकेका स्थानीय प्रकासकुमार खड्काले जानकारी दिनुभयो । ठेकेदारले ढुंगा संकलन गरेको स्थान चप्पन सामुदायिक वन र बरुवा सामुदायिक वन क्षेत्र भित्र रहेको छ । मेसिन प्रयोग गरिएको स्थान देखि करिव ५०० मिटर माथि त्रियुगा साना सहरी खानेपानी योजनाको मुहान रहेकाले खानेपानीको मुहानमा समेत समस्या पर्ने खानेपानी उपभोक्ता समितिका सचिव सन्तोष खड्काले बताउनु भयो ।
वन क्षेत्रबाट मेसिन प्रयोग गरेर ढुंगा निकासी गर्न कानुन विवरित रहेकाले उत्खनन बन्द गरिने जिल्ला विकास समिति उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर