हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।
हरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः

१. आइतबार
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।Surya Dev

२. सोमबार
सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

३. मङ्गलबार
मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

४. बुधबार
‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

५. विहिबार
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

६. शुक्रबार
शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

७. शनिबार
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah