काठमाडौं – भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’ को एजेन्टको रुपमा जागिर लगाईदिने आश्वासन दिएर ठगी गर्ने गिरोहका मुख्य नाइके सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘रअ’ को नेपाल एजेन्टको रुपमा काम गर्दा मासिक ७५ हजार तलव हुने भन्दै सप्तरी राजविराजका रमानन्द चौहानसहितका अभियुक्तहरुले पिडीतलाई भारतीय दुतावासको लेटर प्याडमा नियुक्ती पत्र नै थमाएका थिए । चौहानको समुहले नियुक्ती पत्र नै दिएर विगत पाँच महिनादेखि नेपालमा करिब १ सय युवाहरुलाई सुचना संकलनको ट्रायल नै लिएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखा स्रोतका अनुसार ठगहरुले दोलखाका विभिन्न मन्दिरहरुमा डोनेसन गर्ने नाममा पिडीतहरुलाई सुचना संकलन गर्न पठाएका थिए ।

‘मन्दिरमा सुचना संकलन गर्ने भन्दै ‘रअ’को नेपाल बताउने रमानन्द चौहानसमेत दोलखा पुगेको खुलेको छ’ अपराध महाशाखाका एक अधिकृतले भने, ‘पिडीतलाई जनवरी १ देखि उनिहरुको जागिर शुरु हुने भनिएको थियो ।’

प्रत्येक युवाबाट ३ देखि ५ लाख ठग्ने चौहानसहित दोलखाका सन्तोष कार्की, बिनोद कार्की, काभ्रेका पदम बहादुर श्रेष्ठ, रामेछापका चित्र बहादुर श्रेष्ठ र काठमाडौंकी गिता महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

माताको आश्रममै बन्थ्यो ठग्ने योजना !

काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज स्थायी घर भएकी ३२ बर्षिय गिता महर्जन माता हुन् । मण्डिखाटारमा उनको आश्रम छ, सोही अश्रममा सो गिरोहले ठग्ने योजना बनाउने गरेको थियो । आश्रममा उपचारका लागि आउनेहरुलाई माध्यम बनाएर माताले मान्छे खोज्ने गर्थिन्, त्यसपछि अन्य सदस्यहरुले पैसाको डिल गर्थे । ‘यो समुहले हरेक ब्यक्तिबाट ३ देखि ५ लाखका दरले ठगेको खुल्न आएको छ’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘पिडीतको संख्या १ सयभन्दा बढ्ने देखिन्छ ।’

एसएसपी लोहनीका अनुसार मातासहितको गिरोहले ‘रअ’ मा जागिर लगाई दिए बापतको कमिशन भन्दै लाखौं उठाएका हुन् । ५ महिनादेखि सुचना संकलनको काममा लगाएपनि जनवरी १ देखि तालिममा पठाउने भनेर नपठाएपछि पिडीतहरु प्रहरीको शरणमा पुगेका थिए । ‘अहिलेसम्म १५ जनाको जाहेरी परेको छ’ एसएसपी लोहनी भन्छन्, ‘रअ का काठमाडौं चिफ भनिएका पदम लामा फरार छन् ।’ रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah