जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

चिठ्ठा र हुन्डी कारोबारको आरोपमा पक्राउ परेका अनुप सेठिया र ललित सेठियासहित ६ जनालाई थुनामा राखेर पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । यसअघि जिल्ला अदालत विराटनगरले पनि उनीहरूलाई कारागार चलानको आदेश दिएको थियो ।

भाइबरमार्फत चिठ्ठा प¥यो भनेर सर्वसाधारणबाट लाखौँ ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जिल्ला अदालत मोरङले अनुप सेठिया, ललित सेठिया, श्रवणकुमार विश्वास, बलराम विश्वास, सनीदेवल विश्वास र भारतीय नागरिक पंकज कर्णलाई पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको हो ।

उच्च अदालत विराटनगरमा शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीशहरू हरिप्रसाद भण्डारी र जनकराज पाण्डेको संयुक्त इजलासले सो मुद्दामा जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने आदेश बेरीतको नभएको ठहर गरेको थियो ।

२७ मंसिरमा पक्राउ परेका सातजनामध्ये विराटनगरका विमल चिरानियालाई धरौटीमा छाड्न र बाँकी सबैलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । जिल्ला अदालतको फैसला बेरीतको भन्दै आरोपीहरूले उच्च अदालत विराटनगरमा मुद्दा रीतपूर्वकको आदेश माग गर्दै पुनरावेदन गरेका थिए ।

तर, उच्च अदालतले शुक्रबार जिल्ला अदालतको आदेश रीतपूर्वक नै भएको ठहर गरेपछि सबै आरोपी पुर्पक्ष अवधिभर थुनामा बस्नुपर्ने भएको छ ।
६ आरोपीमध्ये अनुप र ललित सेठिया मुटुरोगी भएकाले उपचारका लागि काठमाडौं लगिएको छ । आरोपीमध्येका विराटनगरका विमल चिरानिया जिल्ला अदालतको आदेशमा थुनामुक्त भएका छन् । चिरानियालाई सम्पत्ति शुद्धीकरणबाट ४६ लाख र मोरङ अदालतबाट साढे तीन लाख धरौटी तोकिएको थियो ।

घरबाटै हुन्डीको कारोबार
प्रहरीले हुन्डी कारोबारी सेठियाद्वय र विराटनगरका विमल चिरानिया र भारतीय नागरिक पंकज कर्णविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा दर्ता गराएको थियो । विभागले भारतीय नागरिक पंकज कर्णबाहेक सबैलाई डेढ करोडबराबरको धरौटीमा मुद्दा पुर्पक्ष गर्न पाउने गरी छाडेकोे थियो ।

कर्णको हकमा चाहिँ सम्पत्ति नदेखिएको भन्दै शुद्धीकरण विभागले सफाइ दिएको थियो । विराटनगर–७ मेनरोडस्थित घरमा रहेको सेठिया मार्केट नामको कार्यालय सञ्चालन गरेर उनीहरूले वर्षांदेखि हुन्डीको अवैध कारोबार गर्दै आएको प्रहरीको भनाइ छ ।

कारोबारका नाइके ५५ वर्षीय अनुप सेठियासहित उनका भतिजा ४० वर्षीय ललित सेठिया र सहयोगीहरू २७ वर्षीय श्रवणकुमार विश्वास, सुनसरी दुहबी भलुवा नपा–६ का २९ वर्षीय बलराम विश्वास, वडा नम्बर ७ का सनीदेवल विश्वास र भारत बिहार दरबंगा सुन्दरपुरका ३७ वर्षीय पंकज कर्णलाई ८६ लाख ५९ हजारसहित पक्राउ गरिएको थियो ।

वीरगन्जमा ठगी आरोपमा पक्राउ परेका सार्वजनिक

‘लट्री’ परेको भन्दै ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले अइतबार सार्वजनिक गरेको छ । प्रहरीले सामाजिक सञ्जाल भाइबर, फेसबुक, इमो, व्हाट्स एप, तथा मोबाइलमार्फत ‘लट्री’ परेको भन्दै ठगी गर्ने पाँचजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक बालकसहित ३ नेपाली छन् ।

पक्राउ पर्नेहरूमा भारत बिहार जमुई ग्राम पञ्चायत अघारा–८ बरवाटाका १९ वर्षीय रोहितकुमार सिंह, जमुई खैरमाका २२ वर्षीय छोटु कुमार, धनुषा जनकपुर उपमहानगरपालिका–१ पौडेश्वरका १४ वर्षीय अमित यादव, सोही ठाउँ बस्ने २२ वर्षीय राजेश यादव, र जनकपुर उपमहानगरपालिका–२ का २२ वर्षीय राजेश यादव छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख १९ हजार ५ सय ९३ पनि बरामद गरेको छ । शिवशंकर मण्डलको साथबाट बरामद भिसा कार्ड, कतारको परिचयपत्र, आइडी कार्ड, नागरिकता, नागरिकताको प्रतिलिपि, सामसुङ मोबाइल, आइएमई कस्टुमर कार्डलगायत ठगीमा प्रयोग हुने २५ थान कागजपत्रसमेत सार्वजनिक गरिएको छ ।

उनीहरूले विभिन्न सामाजिक सञ्जालमार्फत मानिसलाई २५ लाखको लट्री परेको भनी प्रलोभनमा पार्ने र सो रकम दिन आवश्यक प्रक्रिया पूरा गर्न र नेपाल तथा विदेशी सम्बन्धित कम्पनीलाई कर तिर्न भनी पैसा ठग्ने गरेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

‘मानिसहरूलाई विश्वासमा पारिसकेपछि उनीहरूले विभिन्न मनी ट्रान्सफरबाट पैसा जम्मा गर्न लगाउने र सम्पर्कमा नआउने रहेछन्,’ रेग्मीले भने, ‘उजुरीका आधारमा अनुसन्धान गरेर वीरगन्ज उपमहानगरपालिकाका विभिन्न मनी ट्रान्सफरबाट उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौँ ।’

यसअघि पर्सा प्रहरीले ३ पुसमा घन्टाघरनजिकै रहेको पान गल्लीको नवदुर्गा मनी ट्रान्सफर र नारायणी गेस्टहाउसबाट ३ जना र १८ मंसिरमा वीरगन्ज–१५ बसपार्कस्थित आइएमईबाट ६ जना गरी ९ जनालाई पक्राउ गरिसकेको छ ।

यसरी संकलन हुने रकमको केही हिस्सा भारत र मलेसियातिर पनि पठाउने गरेको पाइएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । उनीहरूविरुद्ध संगठित ठगी तथा अपराध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रलोभनमा नपर्न प्रहरीको आग्रह 
प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा प्रहरीलाई खबर गर्न अपिल गरेको छ । विनाकारण ठूलो रकम दिने कुरा सत्य नहुने भएकाले प्रलोभनमा नपर्न पर्सा प्रहरीले सबैमा आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमई वा बैंक वा अन्य कुनै वित्तीय संस्थामार्फत रकम उपलब्ध नगराउन पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले आग्रह गरेका छन् ।

नया पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah