विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक चिसापानी रबि सडक अर्थात फाल्गुनन्द मार्गको सम्पूर्ण ट्रयाक खुला भएको र अब सडकबाट नै सवारी साधन कुदाउन सकिने बताइएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार एकसाता पछि देखि साना सवारी साधन सडक नै सडक कुदाउन दिने निर्णय भएको छ । यसभन्दा अगाडि रतुवाको खोलाको किनार नै किनार सवारी साधन कुद्दै आएका थिए ।
दूइ दशक अघिदेखि निर्माण शुरु गरिएको सडक अहिलेसम्म १२ महिना नै सञ्चालन हुने अवस्थाको रहेको थिएन । बर्षादको सममा सधै यो सडक अवरुद्ध हुने गरेको छ भने हिउदमा पनि घर्ति दोभानसम्म रतुवा खोलाको किनार नै किनार सवारी साधन कुद्ने गर्थे ।
अध्यक्ष पुरीका अनुसार अहिले सडक निर्माणको काम द्रूत गतिमा भइरहेको छ भने सम्पूर्ण रुपमा ट्रयाक ओपन भइसकेको छ । यो उपभोक्ता समितिको सक्रियता र पहलमा भएको उनि बताउछन् ।
यो सडक निर्माण पुरा नहुदा बर्षादको समयमा दमकबाट रविसम्म पुग्न ईलाम सदरमुकाम, राँके हुदै जाँदा १ सय ७८ किलोमिटरको दुरी पार गर्नु पर्छ भने दूई दिन बित्ने गरेको उपभोक्ता समितिका महासचिब हेमन्त राई बताउछन् ।
अब हिउद र बर्षामा नै यो सडक शुचारु हुदा ४१ किलोमिटरमा नै पाँचथरको रबी पुगिन्छ भने आधा दिन समेत नलाग्ने भएकाले समयको समेत बचत हुन्छ ।



