दमक/पुस २७ गतेदेखि झापाको दमकमा जारी रहेको दमक महोत्सवमा माइक्रोम्याक्स मोवाइलेले एउटा बार(BAR) फोन किन्दा अर्को एउटा त्यहि फोन सित्तैमा दिएपछि यसको स्टलमा दर्शक तथा उपभोक्ताको भिड लागेको छ । महोत्सव अफरको रुपमा यस किसिमको अफर ल्याएको जनाईएको छ ।

माइक्रोम्याक्सको दमकमा डिलर सञ्चालन मोवाइल हवका प्रोपाइटर हेमोन ओलीका अनुसार कम बजेट भएका ब्याक्तिहरुमा पनि सहज सञ्चार पहुँच पुगोस भनेर यस प्रकारको अफर ल्याइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एउटामात्र लैजानेलाइ ८ सय ९९ सय रुपिया नै यो मोवाइल उपलब्ध गराउने गरिएको समेत ओलीले जनाए । यसले कम आय भएका उपभोक्ताहरुलाइ आकर्षित गर्ने र उपभोक्ताको भिड भएको पनि उनको भनाइ छ ।  दूइवटा किन्दा त्यो भन्दा पनि कम १५ सयमा उपलब्ध गराइने छ ।

न्यू एशियन मोवाइल सेन्टरका प्रोपाइटर कविन श्रेष्ठका अनुसार माइक्रोम्याक्सका मोवाइलहरु किन्दा एनसेलका ब्यालेन्स सहितको सिम, सेल्फि स्टिक र बिशेष छूट पनि दिइएको छ । महोत्सवको स्टल नं. ८५ मा आएर यसबाट फाइदा लिन उनले आग्रह गरे ।