बिर्तामोड / संविधान संशोधनको बिषयमा असन्तुष्टी जनाउँदै संघीय लिम्बूवान पार्टी नेपालले आन्दोलन घोषणा गरेको छ। अरुण पूर्वका ९ जिल्लालाई लिम्बूवान राज्य घोषणा गर्नुपर्ने माग राखरेर लिम्बूवानले सडक सङ्घर्षको आह्वान गरेको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वाले मङ्सिर ३० गते पूर्वका नौ जिल्लामा सडक सङ्घर्ष गरिने बताए। उनले मधेशी मोर्चाका माग सम्बोधन गर्ने नाममा सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रस्तावप्रति आपत्ति जनाए।’यो प्रस्ताव अन्यायपूर्ण छ, मधेशी मोर्चाको माग पूरा गर्न भनेर अरुको अधिकार कुण्ठित गर्नु त भएन नि!’, उनले भने। अध्यक्ष पालुङ्वाले आन्दोलन शान्तिपूर्ण रहने प्रष्ट पारेका छन्। उनका अनुसार अत्यावश्यक सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिइने छ। उनले मुलुकको संघीय संरचना र प्रादेशिक विभाजन पहिचानका आधारमा हुनुपर्ने दलित, आदिवासी, जनजाति आदिको माग सम्बोधन गर्नुपर्ने जस्ता माग संघीय लिम्बुवान पार्टीको छ।

प्रतिक्रिया

सम्बन्धित खवर