काठमाडोँ । मंगलबार नै बस्ने भनिएको मन्त्रीपरिषद बैठक केहीबेरमा बस्दैछ । प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्न बुधबार मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो । हिजो बिहानकै लागि तोकिएको बैठक अघि दलहरुबीच सहमति जुट्न नसकेका कारण मन्त्रीपरिषद बैठक आजका लागि सरेको वाणिज्य मन्त्री मिन विश्वकर्माले छलफल डटकमलाइ जानकारी दिनुभयो ।
सामान्यतयाः दलहरु र मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सहमति भइसकेको भए पनि त्यसलाइ अन्तिम रुप दिन ढिलाय भएकाले बैठक सरेर आज विहानका लागि तय भएको उहाँको भनाइ छ ।
श्रोतका अनुसार प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालाको नाममा सहमति भइसकेको छ । प्रदेश १ मा प्राध्यापक गोविन्द सुब्बाको नाम आएको छ भने प्रदेश ४ मा बाबुराम कुँवर प्रमुख बन्ने श्रोतको दावी छ । प्रदेश ६ का लागि कृष्णकेशरी खनालको नाम आएको छ भने प्रदेश ७ मा मोहनराज मल्लको नाम तय भएको छ । प्रदेश २ र ५ मा भने मधेसी दलहरुसँग प्रमुखका लागि नाम मागिए पनि उनीहरुले अझै नदिएको बताइएको छ ।
ती मन्त्रीका श्रोतका अनुसार ४ मा पोखरा, ५ मा बुटवल, ६ मा सुर्खेत र ७ मा धनगढीलाई अस्थायी केन्द्र बनाउन सहमति भइसकेको छ । छलफल बाट साभार



