काठमाडौं- प्रदेश प्रमुख हुनुअगावै विवादमा तान्न खोजिएपछि समाजसेवी अनुराधा कोइरालाले आफू वंशजकै आधारमा नेपाली नागरिक रहेको सप्रमाण दाबी गरेकी छन्।

पूर्वमन्त्री सरिता गिरीले कोइराला अंगिकृत नागरिक भएको आसयसहित ट्वीट गरी उनलाई विवादमा तान्न खोजेपछि कोइरालाले देशसञ्चारसँग आफू पूर्णरुपमा नेपाली नै भएको दाबी गरेकी हुन्।  ‘नेपालीहरु भारतमा गएर पुलिस तथा सेनामा जागिर खान्छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेरो बुवा भारतीय सेनाको कर्नेल भएर सेवा गर्नु नागरिकताको मान्यता विपरीत थिएन,’ कोइरालाले देशसञ्चारसँग भनिन्, ‘म ६८ वर्षकी भएँ र विगत ५० वर्ष देखि नेपालमै छु। सुरुको १८ वर्ष मैले भारतमा अध्ययन गरेकी हुँ। मेरो लागि प्रदेश प्रमुख भन्दा नागरिकता प्यारो छ। किनकी त्यसले र मेरा अन्य गतिविधिले यो पदको पात्रता प्रदान गरेको छ।’ माइती नेपालकी संस्थापक प्रमुख रहेकी कोइराला राजतन्त्रका बेला सहायक स्वास्थ्यमन्त्री समेत भएर काम गरेकी थिइन्। उनलाई सरकारले प्रदेश तीनको प्रमुख बनाउने चर्चा छ।