विष्णुप्रसाद पोखरेल
दमक/नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ अत्यन्त चर्चित रहेको छ । यसका बिभिन्न अहिलेसम्मका सिरिजहरु सफल र उत्कृष्ठ रहेकाछन् । यसमा मूख्य भूमिकामा रहनेहरु त यसै चर्चामा रहने गरेकाछन् ।

अब नयाँ सिरिज पनि चाँडै आउने भएको छ । यसमा नायक अर्थात मूख्य भूमिकामा रहनेछन् अनुभव रेग्मी । उनलाइ सायदै नेपाली चलचित्रका दर्शक कमैले मात्र नचिनेका होलान् ।
यस चलचित्रमा डेब्यू गर्दैछिन् झापा दमककी सेड्रिना शर्मा । शर्मा दमकको संगम स्वीट्सका प्रोपाइटर एवं सामाजिक ब्याक्तित्व संगम शर्माकी छोरी रहेकीछन् । हाल बुबा आमासंगै उनि राजधानीमाछिन् ।
१२ बर्षिया सेड्रिनाले एउटा गीत र बिज्ञापनमा मोडलिङ गरिसकेकी थिइन् । बिकासराज आचार्यले बनाउने यस चलचित्रमा मुख्य नायिकाको भूमिमा नै शर्मा देखिनेछिन् ।
बुबा संगम शर्माका अनुसार कलाकारितामा सानैदेखि रुचि राखेकाले छोरी यहाँ सम्म आइपुगेकी हुन् । अब केहि दिनदेखि नै नृत्य कक्षामा सेड्रिना भर्ना हुनेछिन् ।





