पाँचथर / मेची राजमार्ग अन्तर्गत पाँचथरको भारपा–५ गुराँसेमा शनिबार बिहान मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ ख १८४९ नम्बरको ट्रक बिहान साढे ४ बजेतिर अनियन्त्रित भई सडकबाट अन्दाजी सय मिटर तल खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा ट्रकका चालक पाँचथर फिदिम नगरपालिका–३ लालीखर्क बस्ने अन्दाजी ३० बर्षीय मोहन कुमार राईको घट्नास्थलमै मृत्यु भएको प्रहरी चौकी जोरपोखरीले जनाएको छ ।