विष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाका जनप्रतिनिधिहरुले दमकको पृथ्वी बाल बिकास केन्द्रमा स्विटर लगायत जाडोको न्यानो कपडा बितरणबाट शुक्रबार फर्कदै थिए । दमकको मुख्य बजारबाट थानारोड हुदै आइरहेको अवस्थामा अचम्मको दृश्य देखे र म रोकिए ।
बिद्यालयमा बालबालिकाहरु स्वीटरको अभावमा जाडोसंगै काम्दै बसेको देखेर आफूहरुले आफै पैसा उठाएर त्यस्ता बालबालिकालाइ सहयोग गरेको जनप्रतिनिधिहरुले बताइरहेको अवस्थामा एउटा घर पालुवा कुकुरलाइ स्वीटर लगाएको देखे । फोटो खिच्ने क्रममा एकजना स्थानीयले भनिन्–‘हिजो अर्कै यो भन्दा राम्रो स्वीटर लगाउदा झनै राम्रो देखिएको थियो ।’

आखिर हामी कहाँ रहेछौ ? एउटा जनवारको यति धेरै माया र ममता छ । कुकुर पनि जाडोबाट सुरक्षित रहेको छ । तर हामी धेरै नागरिकलाइ जाडो छल्न समस्या छ । स्वीटरको अभावमा कति बालबालिकाहरु बिद्यालय आउनबाट नै बञ्चित रहेकाछन् ।
नगरपालिकाका उपप्रमुख गिता अधिकारीले आफूहरुले दमकका सबै बाल बिकास केन्द्रका बिद्यार्थीहरुलाइ न्यानो कपडा र म्याटहरु बितरण शुरु गरिएको छ । यो पहिलो शुरुवात हो । आफूले बिद्यार्थीहरु लगलग कामेको देखेर यो गर्ने सोच आएको अधिकारीले जनाइन् ।
दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा, वडा न. ७ का वडाध्यक्ष भीम पौड्याल, नगर शिक्षा अधिकारी सालिकराम काफ्ले लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनिहरुले दमकका सबै बाल बिकास केन्द्रहरुमा तत्काल न्यानो कपडा पुर्याइ सक्ने प्रतिबद्धता जनाएका थिए ।




