दमक/वल्र्ड लिंकले आफ्नो आक्रमक सेवा विस्तारको क्रममा वल्र्ड लिंक दमक कार्यालयले हेर्ने गरी मोरंगको उर्लाबारीमा पनि सेवा केन्द्रको औपचारिक शुरुवात गरेको छ ।

छिटो छरिता र दू्रत सेवाका लागि वल्र्ड लिंकले सम्पर्क कार्यालय बिस्तार गरेको वल्र्ड लिंक दमक शाखाका प्रमुख राजन तिम्सिनाले बताए । यसले उर्लाबारी र आसपासका ग्राहक तथा उपभोक्ताहरुलाइ सेवामा सहजता आउने अपेक्षा लिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उर्लाबारी नगरका मेयर खड्ग फोगोले सम्पर्क केन्द्रको औपचारिक उद्घाटन गरेका हुन् । सो अवसरमा फागोले उर्लाबारीलाइ आधूनिक र प्रविधि मैत्री बनाउनका लागि इन्टरनेटको भूमिका महत्वपूर्ण हुने जनाए ।

आधूनिक र नयाँ प्रविधिको माध्यमबाट घरघरमा इन्टरनेट पुर्याउने उदेश्य अनुसार उर्लाबारीमा पनि काम भइरहेको यस अवसरमा बताईएको थियो ।