जतिबेला म सानो थिएँ, शैक्षिक भ्रमणका लागि नेपाल आएको थिएँ।. त्यतिबेलै मैले नेपालको इतिहास र संस्कृतिबारे जान्ने मौका पाएको थिएँ। हामी बसबाट काठमाडौं आएका थियौं। मसँग त्यतिबेला दाइ अरबाज पनि थिए।

यात्राका लागि ३ दिनको समय थियो। त्यही नै मेरो काठमाडौं र नेपाल आगमनको पहिलो अनुभव हो। नेपाल र हाम्रो संस्कार मिल्छ। यहाँको परम्परा जस्तै म पनि (भारतमा) हुर्किएको हुँ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुर्काइसँगै जीवनको अर्को यात्रा सुरु भयो। मैले काम गर्न थालेँ। स्कुल र कलेजको अध्ययनपछि म विभिन्न कार्यक्रममा व्यस्त रहेँ।

हामीले अमेरिका, क्यानडा, युएई लगायत विभिन्न ठाउँमा कार्यक्रम गरेका छौं। यति लामो यात्रामा विभिन्न देशमा पुगेर कार्यक्रम गरे पनि जब म नेपाललाई सम्झन्छु, त्यसले मलाई रोमाञ्चित बनाउँछ।

https://youtu.be/RMJKN_S-5Nw

तपाईं जहाँ जानुहुन्छ, त्यहाँ आत्मीयताले स्वागत गरिन्छ। नेपाल त्यही ठाउँ हो, जहाँ माया र आत्मीयताले भरिएका मानिस बस्छन्।

यहाँको इभेन्ट म्यानेजमेन्ट कम्पनीले मेरो दाजु (सलमान खान) लाई प्रस्तुतिका लागि निम्तो दिएको छ। सलमानले यहाँ कार्यक्रममार्फत ‘आइस ब्रेक’ गर्दै छन्। यस्तो खालको कार्यक्रम आयोजना गर्नु निकै चुनौतीपूर्ण हुन्छ। तर, हामी सबै मिडिया, आयोजक मिलेर यसलाई सफल बनाउनुपर्छ।

यो कार्यक्रममा नेपाली र भारतीय कलाकारहरु सँगै हुनेछन्। दुवै देशको संस्कृतिको संयोजनले यसलाई सफल र आकर्षक बनाउनुपर्छ। यो कार्यक्रमको सुरुवात पनि हो। यसले बलिउडका अन्य कलाकारलाई समेत नेपाल आउन लालायित तुल्याउँछ।

अभिनेता वरुण धवनले पनि हामीसँगै नेपाल आउने इच्छा जाहेर गरेका थिए। तर, समय नमिलेकाले हामीले उनलाई समावेश गर्न सकेनौं। बलिउडमा धेरै युवा र राम्रा कलाकार नेपालमा आफ्नो प्रस्तुति दिन इच्छुक छन्।

* प्रस्तुति : हिम विक्रम