ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एक नयाँ फिचर सुरु गरेको छ । यसमा ह्वाट्सएपमा पठाइएका भिडियो चलानकालागि युट्युब खोल्नु आवश्यक पर्नेछैन ।

यदि तपाइँको ह्वाट्सएपमा कुनै युट्युब भिडियोको लिंक आयो भने उक्त भिडियो हेर्नका लागि तपाइँ ह्वाट्सएपबाट बाहिर निस्केर युट्युबमा पुग्नुपर्ने छैन । ह्वाट्सएपभित्रै च्याट विन्डोमा उक्त भिडियो स्ट्रिम हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ह्वाट्सएपको परीक्षण कार्यक्रमको रुपमा रहेको बिटा प्रोग्रामहरुको निगरानी गर्ने एक वेबसाइट डब्ल्यूए बिटा इन्फोका अनुसार यो नयाँ सर्भिस प्राप्त गर्नका लागि प्रयोगकर्ताले एप्पल प्ले स्टोरमा गएर आफ्ना ह्वाट्सएप अपडेट गर्नुपर्नेछ । ह्वाट्सएपमा अन्य केही सुधार पनि गरिएको छ ।

ह्वाट्सएपमा युट्युब भिडियो प्ले गर्नका लागि भिडियो लिंक आएसँगै प्ले अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसअघि ह्वाट्सएपमा आएको युट्युब भिडियोको लिंकमा क्लिक गरेसँगै उक्त भिडियो प्रयोगकर्ताको फोनमा रहेको युट्युब एपबाट मात्र खुल्दथ्यो ।

वेबसाइटका अनुसार ह्वाट्सएपको च्याट विन्डोमा चलिरहेको भिडियो कुनै अर्को च्याट विन्डोमा जाँदा पनि बन्द हुनेछैन । एन्ड्रोइड प्लाटफर्ममा चाहीँ अहिले यो फिचर उपलब्ध छैन ।

स्मरण रहोस् विश्वमा ह्वाट्सएपका १ अर्ब २० करोड प्रयोगकर्ता छन् ।

एजेन्सीको सहयोगमा