मोदनाथ प्रश्रित , साहित्यकार तथा संस्कृतिविद
२ सय ५० बर्ष अघि २२से र २४से राज्यमा बिभाजीत ससाना राज्यहरुलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई हामी राष्ट्र निर्माताको रुपमा चिन्छौं र उनकै जन्म दिनलाई २०१२ सालदेखि एकता दिवस का रूपमा मनाउदै आएका हौँ। तर २०६२र६३ को जनान्दोलन पश्चात मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछी प्रत्येक पुष २७ गते दिने गरिएको एकता दिवसको सार्वजनिक विदालाई कटौती गरियो। २०७४ सालमा आएर देउबा सरकारले पुष २७ गते पृथ्वी जयन्ति तथा एकता दिवसको सार्बजनिक विदा दिन पुन सुरु गरेका छन्। तर २०६१/६२ को आन्दोलनपछी यो बिदा सरकारी रुपमा कटौती भए पनि जनस्तरबाट मनाउन भने बन्द गरिएको थिएन। ससाना समूह वा झुण्डहरुले कुनै न कुनै रूपमा यो बिदा मनाउदै नै आएका थिए।
”युरोपबाट पाइथागोरस २७०० बर्ष अघि ज्ञान,बिज्ञान, गणित र ज्योतिष बिज्ञानको अध्ययन गर्न भारत बर्षमा आएका रहेछन , उनलाई उक्त ज्ञान चाणक्यले प्रदान गरेका थिए ।” यात्री
”ब्रह्माण्डमा भगवान शिव भन्दा प्राचिन अर्को मानव कोहि पनि भेटिदैन, शिवले प्राप्त गरेर बाँडेको दर्शनमा नै अहिलेको संसार चलेको छ ।”- प्रश्रित
पृथ्वीनारायण शाहले एकीकरण गरेर यो नेपाल मुलुक आजको अवस्थामा रहे तापनि फरक फरक मान्छेका फरक फरक धारणा रहेका छन्। कोहि उनले गरेको कार्यलाई एकीकरण नै भन्छन भने कोहि यसलाई गोर्खा राज्यको बिस्तार भन्नेहरु पनि छन्।आज भन्दा अढाई सताब्दी अघि पृथ्वीनारायण शाहले गरेको कार्य वास्तवमा के थियो त ? एपी १ टेलिविजनको टक शो तमासोमज्योतिर्गमयमा आफ्नो धारणा राख्दै पूर्व मन्त्रि ,साहित्यकार एवं संस्कृतिविद मोदनाथ प्रश्रित भन्छन ”एउटा सामान्य मान्छे शासन सत्तामा पुगेको त छ। तर दुइ अढाई सय वर्षा अघि कुन बुद्धिले, कुन जुक्तिले यो नेपालको निर्माण भयो त्यो कुरो उसले बुझ्दै बुझ्दैन र बुझ्न चाहदैन पनि।तत्कालीन समयमा जब शिक्षा, खानपिन, लवाई खुवैको कुनै राम्रो प्रबन्ध थिएन त्यस्तो बेलामा पनि एउटा सानो गोर्खा राज्यको मान्छेले बडो बुद्धि जुक्ति लाएर अब यो राज्यलाई एकीकरण गरेर अघि नबढ्ने हो भने बिशाल चिन र भारतको अघि टिक्न सकिन्न भन्ने बुझेरै एकीकरणको अभियान थालेका थिए।”
‘‘नेपालको मौलिक धर्म संस्कारको महत्व बुझ्नलाई मेरो कपाल नै फुल्नु पर्यो”- प्रश्रित
दस बार बर्ष पछी एकता दिवसको बिदा किन दिन थालिएको होला भन्ने जिज्ञासालाई प्रश्रित भन्छन ”पहिला सालीक ढाली हाले।तर सत्तामा आउने र जाने क्रम चल्दै जाँदा उनि हरु आफ्नै विचारमा टिक्न सकेनन। बाबुराम भट्टराई त् उच्च शिक्षित मान्छे हुन्। त्यसैले उनले जे भने फ्याट्ट भन्दिएको मात्रै हो। हैन भने उहाहरुले नै शालिक भत्काए र आज फेरि उहाहरुले नै पृथ्वी नारायण शाहको गुनगान गर्दै छन्।उनको जयन्तीमा सामाजिक संजालमा शुभकामना दिदैछन। ”
एकीकरण भन्ने कुरा लहडले हुदैन। पहिलो कारण त ससुरालीले उनलाई त्यति राम्रो व्यवहार गरेनन। त्यो कुरा उनलाई खलेको थियो।उनि इतिहासलाई राम्रो संग हेर्ने मान्छे हुन्। कुराकानीका क्रममा प्रश्रित अगाडी भन्छन ”पृथ्वी नारायण शाहलाई उनको मामा पर्ने व्यक्तिले शिक्षित गराएका हुन्।तत्कालीन अवस्थामा उपत्यकाका राजाहरु बीचको बेमेललाई उनले र उनको मामाले नजिक बाट हेरेका थिए र एकिकरणका लागि उनको मामाले पृथ्वी नारायणलाई तिमीले सक्छौ भनेर आँट र हौसला दिएका थिए । ” तैपनि एकीकरण सजिलो थिएन । कान्तिपुरमा आएर उनले धेरै कुराको अध्यन गरेका थिए। नेपालको एकिकरणको सन्दर्भमा उनि एक कुशल रणनीतिकार थिए।
पृथ्वीनारायण शाहको सकारात्मक भन्दा पनि नकारात्मक चर्चा नै बढी भैरहेको उनले किर्तिपुरेहरुको नाक कान काटेको, तत्कालीन समयमा मधेश छुट्टै राज्य रहेको मा पृथ्वीनारायण शाहले विस्तार गरेको कारणले गर्दा उनको प्रतीकमा थुक्ने कुल्चने कार्य मानिसहरुले किन गरिरहेका छन् भन्ने प्रसंगमा प्रश्रित भन्छन ”यसका पछाडी आफुलाई बुद्धिजिबी भनाउने हरुले कस्तो सिक्षा दिईरहेका रहेछन भन्ने कुरो महत्वपुर्ण हुन्छ । पृथ्वी नारायण शाहले आफ्नो राज्य खाइदियो भन्ने हो भने नेवार राजाहरुले अर्को राजाको राज्य खाएको बिषयलाइ चै के भन्ने ? जे जति भनि रहेका छन् काठमान्डूका मानिसहरुले भनिरहेका छन्। बाहिर जिल्लाका ले त् नेपालको एकीकरण भएको भनेर मानिरहेका छन् त्। पृथ्वीनारायणको बारेमा कुरा गर्नेले यक्ष मल्लको बारेमा किन कुरा गर्दैनन्।खास खास समयमा मात्र पृथ्वी नारायण शाह, गौतम बुद्ध जस्ता बहुआयामिक प्रतिभाहरु जन्मिन्छन । एउटा मान्छले यत्रो राष्ट्र बनायो। के यो सानो कुरा हो ! ”
पृथ्वीनारायण शाहलाई हामीले के भनेर सम्झिने भन्ने बारेमा पृथ्वी विचारका अभियन्ता प्रश्रित भन्छन ”उनि हामीले अत्यन्तै आदर गर्नु पने, सम्मान गर्नु पर्ने व्यक्तित्व हुन्।”



