विष्णुप्रसाद पोखरेल
दमक/ उहाँका आफन्त कोहि पनि छैन । बुबा आमा पनि पहिलै बितेर गइसक्नु भयो । मावलमा लामो समय बस्नु भयो । त्यसपछि भौतारिदै झण्डै दूइ दशक अघि भोजपुरबाट झापा झर्नु भयो आफ्नो भान्जिको शरणमा । त्यहाँ पनि केहि बर्ष बस्नु भयो । भान्जि र ज्वाइले पनि राम्रो देख्न छाडेपछि बिरक्तिएर हिड्नु भएका उहाँ दमक आइपुग्नु भयो ।

देबीबहादुर खत्री अहिले ८० बर्षको उमेरमा हिड्रहनु भएको छ । राम्रो आँखा देख्नु हुन्न र कान पनि मधुरो सुन्नु हुन्छ । उहाँलाइ बाटोमा भौतारिदै गर्दा कसैले दमक ४ स्थित रत्न जेष्ठ नागरिक सेवा केन्द्रमा ल्यादिएपछि नयाँ जिबन पाउनु भएकोछ । अहिले उहाँलाइ जिबन बिताउन धेरै सहज भएको छ ।

शनिबार बिहान लायन्स क्लव अफ माउण्ट एभरेष्टका दमक अध्यक्ष रुद्र गौतम सहितको टोली यस आश्रममा पुग्दा गहभरी आँशु झार्दै खत्रीले भन्नुभयो–‘मलाइ अब नागरिकता कसैले दिलाइ दिए हुन्थ्यो ।’ अहिलेसम्म आफूले नागरिकता नै नलिएको र कसैले पनि निकाल्न सहयोग नगरेको गुनासो गर्नु भयो ।

बिंं.सं. २०१५ सालमा विवाह भएको र आफ्नो श्रीमति अर्कैसंग गएपछि फेरी अर्को विवाह गर्ने सोच नपलाएको र त्यसपछि यसरी नै जिबन बितिरहेको उहाँले बताउनु भयो । आँशु झरेपनि हाँसो निकाल्दै उहाँले भन्नुभयो–‘अब त मेरो दाँत पनि फुस्किन लागिसक्यो, राम्रोसंग आँखा पनि देख्दिन, काम गर्न नसक्ने भएपछि सबैबाट तिरस्कृत भए ।’

यसैगरि आश्रममा रहनु भएकी ७२ बर्षकी शुकमाया तामाङलेपनि आँशु झार्दै नागरिकता र एकल बिधवा भत्ता दिलाइदिन आग्रह गर्नु भयो । आफूले तीन छोरोछोरी पाएको र सबैले संसार छाडिसकेको भन्दै भक्कानिनु भयो । श्रीमान बितेको पनि बर्षौ भएको र अर्कोको होटलमा भाडा माँझ्ने क्रममा देखेर एकजनाले यहाँसम्म ल्याइ पुर्याएको उहाँको भनाइ रहेको छ ।

आश्रममा खाना र बस्नको राम्रो ब्यवस्था भएको भएपनि कहिलेकाहि घुमफिर गर्न, मन्दिर तथा सत्संगमा जानका लागि सिटि चढ्न पनि पैसा नहुने गरेको भन्दै बिधवा भत्ता पाउनका लागि पहल गरिदिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–‘त्यति गरिदिनु भयो भने बाबुहरुको ठूलो कल्याण हुनेछ ।’

उहाँहरु दुबै जनासंग आफ्नो नाम बाहेक केहि पनि छैन । कुनै प्रकारको कागजपत्र र प्रमाणहरु पनि छैन । आश्रममा नै बसेर दिन काट्नु हुन्छ । उहाँको रेखदेखमा खटिनु भएकी रिता सुनुवारको अनुसार नागरिकता तथा सामाजिक सुरक्षा भत्ताको बिषयमा नगरपालिका तथा जान्नेबुझ्नेसंग कुरा गर्दा कसैले पनि चासो नदिदा नभएको बताउनु भयो ।

लायन्सकर्मी समेत रहनु भएका दमक नगरपालिकाका इन्जिनियर तिर्थनारायण श्रेष्ठले यस्ता नागरिकहरुलाइ नागरिकता प्रदानका लागि पनि प्रावधान रहेको बताउदै उहाँहरुले नागरिकता पाउने र त्यसपछि राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पनि लिनसक्ने बताउनु भयो । यसका लागि आफू समेत लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतमले उहाँहरुलाइ यसै सातासम्ममा नागरिकता दिलाउनका लागि क्लवले उहाहरुलाइ सम्बन्धित निकायमा ल्याउने लैजाने देखि लिएर सबै प्रक्रियामा सहयोग गर्ने बताउनु भयो । नेपाली नागरिक भएर पनि ८० बर्ष उमेरसम्म नागरिकता र सरकारले प्रदान गर्ने सेवा सुविधा नपाएको देख्दा आफूहरु पनि अचम्मित भएको उहाँको भनाइ थियो ।

यसैबीच शुनिबार नै लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले बृद्धाआश्रम सेवा केन्द्रलाइ खाद्यन्न सहयोग गरेको छ । १० जनाको क्षमता रहेको बृद्धाश्रममा ७ जनासम्म जेष्ठ नागरिकहरुलाइ स्यार सुसार गरिएको र अहिले दूइजना रहदै आएको पाएको मनोज अग्रवालले जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah