विष्णुप्रसाद पोखरेल
दमक/ नेकपा एमाले प्रदेश नं. १ को संसदीय दलको नेता र मुख्यमन्त्री बन्नका लागि एमाले नेता शेरधन राइ ‘लविङ’मा लागेकाछन् । मुख्यमन्त्रीको दाबी सहित भोजपुरबाट प्रदेश सभा सदस्यमा उठेर जित हासिल गरेका राइ पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् ।
उनि आज झापा आएर स्थानीय स्तरबाट राष्ट्रिय स्तरमा प्रभाव पार्ने नेता कार्यकर्ताहरुसंग भेटघाट गरेकाछन् । उनले प्रदेश सभा सदस्य र युवा नेताहरुलाइ भेटेको बताइन्छ । उनि सोमबार विहानै देखि झापामा ब्यस्त बनेका हुन् ।
प्रदेश नंं १ का संयोजक भीम आचार्यको पनि चर्चा चलिरहदा आफ्नो पक्षमा समर्थन जुटाउज राइ प्रदेशका साँसदहरुलाइ भेटने र आफ्नो पक्षमा वकालत गराउने अभियानमा लागेको उनि निकटस्थहरुले बताएकाछन् ।
मूख्यमन्त्रीमा राइको सम्भवाना पनि प्रवल रहेको बताइन्छ । संगठनको आधारमा आचार्य प्रदेश नं. १ का प्रमुख र राइ उपप्रमुख रहेकाले आचार्यको सम्भावाना पनि कम नरहेको एमाले नेताहरु बताउछन् ।
एमालेका प्रदेशमा प्रभाव राख्ने नेताहरुसंग राइ ‘लविङ’मा लागेसंगै प्रदेशमा राजनीतिक बहस तातेको छ । पुराना एवं प्रभाव राख्ने नेता हिक्मत कार्की, जिबन घिमिरेहरु जस्ता नेताहरुको साथ लिन राइ लागेकाछन् ।
आचार्य पनि पछि नहटने पक्षमा रहेकाछन् । उनि केन्द्रले आफूलाइ संसदीय दलको नेताको रुपमा तोक्ने र त्यसै अनुसार मुख्यमन्त्री बन्ने दाउमाछन् । संसदीय दलको नेता नै मुख्यमन्त्रीका लागि योग्य हुने छ ।



