विष्णुप्रसाद पोखरेल
इलाम (घर्तिदोभान) । २२ बर्ष अघि निर्माण शुरु गरिएको झापाको दमक चिसापानी रबी सडक(फाल्गुनन्द मार्ग)को सम्पूर्ण ‘ट्रयाक’ खुला भएको छ । आइतवार झापाको दमकबाट इलामको माङसेबुङस्थित घर्तिदोभानसम्म पहिलोपटक सडकको ट्रयाकबाट नै सवारी साधन कुदाइएर यसको उद्घाटन गरिएको छ ।
सडक निर्माण उपभोक्ता समितिका पदाधिकारी र सञ्चारकर्मीहरुको टोली सहित दशवटा भन्दा बढि सवारी साधनहरु सडक नै सडक १५ किलोमिटर घर्तिदोभान पुगेर यसको औपचारिक उद्घाटनको घोषणा गरिएको हो ।
४५ किलोमिटर लामो यो सडकमा सबैभन्दा ठूलो समस्या घर्तिदोभानसम्म भएको र झण्डै अढाइदशक पछि पहिलो पटक ट्रयाक खुला भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताउनु भयो ।
यसभन्दा अगाडि ट्रयाक नखुल्दा हिउदामा रतुवा खोलाको बगर नै बगर नै सवारी साधन कुद्दै आएका थिए भने बर्षादको समयमा चार महिनाभन्दा बढि यो सडकमा सवारी साधनहरु चल्न सक्ने थिएनन् ।

पुरीका अनुसार यति लामो समयपछि आफूहरुको लगातर दबाब र सबैको सहयोगमा सडक शुचारु भएको हो । अब हिउद र बर्षा दुबै समयमा सडक सञ्चालन हुन सक्ने अवस्था आउने उहाँले दाबी गर्नु भयो ।
दमकबाट रबीसम्म ४४ किलोमिटर सबै सडक औपचारिक रुपमा नै ट्रयाक खुला भएको सडक डिभिजन कार्यालय दमकका शव इन्जिनियर बिपिन ढुंगानाले बताउनु भयो ।
अघिल्लो २० बर्षको अवधिमा नभएको काम अहिले दूइ बर्षमा भएको बताउदै उहाँले अब ट्रयाकको समस्या कहि पनि नभएको जनाउनु भयो । उहाँका अनुसार ट्रयाकबाट नै सवारी साधन कुदाउन अब कुनै समस्या नभएको र अप्ठेरो भएका ठाँउहरुमा पनि सहजता ल्याउन काम शुरु गरिने छ ।
१२ करोड ५० लाखमा यसका लागि ठेक्का लागेको र ६५ प्रतिशतभन्दा बढि काम भइसकेको जनाउदै अब दूइ वटा पुलको काम बाहेक धेरै काम सकिएको पनि उहाँको भनाइ रहेको छ ।
साना तथा ठूला गरेर बीचमा एक दर्जनभन्दा बढि पुल तथा पुलेसाहरु बनेपछि यो सम्भव भएको बताइन्छ । रतुवा खोला र खोल्सिहरुमा पुल बनेसंगै अब सहजता आएको ढुंगानले जनाउनु भयो । २०७५ साल माघ १५ गतेसम्म निर्माण ब्यवसायीले समय पाएपनि समय नै काम गरेको पनि उहाँले जानकारी दिनु भयो ।
नेकपा एमालको अध्यक्ष झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली, पूर्व सभामुख एवं इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङ, दमक नगरपालिकाका प्रमुख, दमक उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको निर्वाचनमा समेत यहि सडक प्रमुख मुद्धाको रुपमा बन्दै आएको थियो ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले यो सडक छोटो दुरीमा तराइ र पहाड जोड्ने सडकमात्र नभएर त्रिदेशीय रणनीतिक सडकको रुपमा समेत सम्भावाना बोकेको सडक भएको बताउनु भयो । यस सडकले भारतको भत्तेपुर र चीनको घाँङ्लासम्म जोड्न सकिने उहाँको भनाइ रहेको छ ।
यो सडकको बिषयमा जानकार तिर्थराज बस्नेत शंकरले आज सबै ट्याक खुला भएको देख्दा आफू धेरै हर्सित भएको बताए । उनले यो सडक यो अवस्थामा आउछ भन्ने कसैले पनि कल्पना नगरेको बताउदै उ बेला देखिएको सपना अहिले आएर पुरा भएको जनाए ।



