विष्णुप्रसाद पोखरेल
दमक/पूर्व डिआइजि एवं एमालेका प्रतिनिधि सभा सदस्य नवराज सिलवाल बिरुद्ध सरकारले देखाएको हर्कतको एमालेले कडा बिरोध गरेको छ । यस्तो कार्य तत्काल रोक्नका लागि समेत माग गरेको छ ।

सिलवाललाइ पक्राउ गर्नका लागि इन्टरपोलमा समेत नाम राखिएपछि एमालेको कडा धारणा हो । सिलवाललाइ दूइसाता अघि देखि प्रहरीले पक्राउको तयारी गर्दै आएको छ ।

सिलवालका कारण बारम्बार रुपमा आलोचित प्रधानमन्त्री शेरबहादुर देउवा समेत सिलवालालाइ पक्राउ गरेर प्रतिशोध साँध्ने नियतमा रहेको भन्दै यसको चौतर्फी बिरोध समेत भइरहेको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सिलवाल प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । यस क्रममा आफ्नो निर्णयमा एमालेले भनेको छ -एमालेले ललितपुर– क्षेत्र नं १ नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ।

एमालेले जनताको अभिमतलाइ अपमानित गर्ने काम भइरहेको भन्दै आपत्ती समेत जनाएको छ । प्रतिशोधबाट निर्देशित भएर जनप्रतिनिधिको अपमान भइरहेको भन्दै स्थायी कमिटी बैठकमा नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah