युवराज ज्ञवाली, ठाकुर गैरे, प्रदीप नेपाल, निरज आचार्य, रघुजी पन्त, गंगालाल तुलाधरलगायतका नेतालाई बाहिर राखी कोमल वलीलाई राष्ट्रिय सभामा उम्मेदवार बनाएपछि यो विषय एमालेमा पेचिलो बन्दै गएको छ । पार्टीका नेता मात्र होइन, अधिकांश जनवर्गीय संगठनका नेता कार्यकर्ताले नेतृत्वको आलोचना गरेका छन् ।

अनेरास्ववियु, युवा संघ नेपाल, प्रेस चौतारी नेपाललगायतका भ्रातृसंगठनका पदाधिकारीले कोमल वलीलाई उम्मेदवार बनाएको विषय ‘जनताको बहुदलीय जनवाद’ सँग जोडेर विश्लेषण गर्न थालेका छन् । मंगलबार दिनभर र बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा पार्टीका नेता कार्यकर्ताले रोइलो मच्चाएपछि एमालेका सचिव योगेश भट्टराईले पार्टी निर्णयको बचाउ गरेका छन् ।

उनले अनेकता बीचमा एकता नै जनताको बहुदलीय जनवादको विशेषता रहेको भन्दै पार्टी निर्णय शिरोधार्य गर्नुपर्ने उल्लेख गरेका छन् । ‘चित्त नबुझेका विषयमा असहमति राख्ने अनि भएका निर्णयलाई कार्यान्वयन गर्ने, एउटा लोकतान्त्रिक पार्टीमा यसलाई सर्वस्वीकार्य प्रक्रियाका रुपमा बुझ्नु पर्दछ । अनेकता बीचमा एकता जनताको बहुदलीय जनवादको विशेषता,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

ठाकुर गैरे र निरज आचार्यलाई राष्ट्रिय सभामा उम्मेदवार नबनाएपछि मंगलबारको स्थायी कमिटी बैठकमा सचिव भट्टराई र उपमहासचिव घनश्याम भुसालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

त्यसैगरी, पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रत्यक्ष संवादमै बाझाबाझ र फोनमा समेत विवाद भएको एमाले स्रोतले बताएको छ । नेता नेपालले आलोचना गरेपछि प्रदेश नम्बर ३ बाट उनी निकट बेदुराम भुसाललाई उम्मेदवार सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah