माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचन हुनुअघि नै १२ जना महिला निर्विरोध विजयी भएका छन्। त्यस्तै, एक दलित र एक अपांग/अल्पसंख्यक समेत निर्विरोध निर्वाचित भएका छन्।
राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ३ जना महिला निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ भने एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वाचित हुनुपर्ने प्रावधान छ।
तर, प्रदेश २ मा १ जना दलित र १ जना अपांग/अल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ।
निर्विरोध निर्वाचित हुने महिला उम्मेदवारहरुः
प्रदेश १ नैनकला ओझा (एमाले) बिना पोखरेल (माओवादी) सरिता प्रसाईं (कांग्रेस)
प्रदेश २ शशिकला दाहाल (माओवादी) मुक्ताकुमारी यादव (कांग्रेस) प्रमिला कुमारी (संघीय समाजवादी फोरम)
प्रदेश ५ कोमल वली (एमाले) मीना बुढा (एमाले) अनिता देवकोटा (कांग्रेस)
प्रदेश ७ तारादेवी जोशी (कांग्रेस) कमला ओली (एमाले) इन्दु कडेरिया विष्ट (एमाले)
दलित र अल्पसंख्यकबाट निर्वाचित उम्मेदवार: रामप्रित पासवान (दलित/ संघीय समाजवादी फोरम) वृषेशचन्द्र लाल (अल्पसंख्यक/ राजपा)
निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको विजयको औपचारिक घोषणा भने निर्वाचन आयोगले माघ १५ गते गर्नेछ।











