विष्णुप्रसाद पोखरेल
दमक । झापामा किसानहरु माटोको परीक्षण र उपचारमाप्रति आकर्षित बन्न थालेकाछन् । उत्पादन घट्ने र बोट बिरुवामा बिभिन्न रोगहरु लाग्न थालेपछि किसानहरु माटो परीक्षण र उपचारमा आकर्षित बन्न थालेको पाईएको हो । झापाका कतिपय स्थानको माटोमा ९९ सय प्रतिशत भन्दा बढि माटोमा अम्लियपन देखिएको भन्दै माटो उपचारमा ध्यान दिनका लागि बिज्ञहरुले सुझाव दिन थालेकाछन् ।

झापाको दमक वडा नं. ४ मा १ सय ६ वटा माटो परिक्षण गर्दा ९९ सय दशमलव ०५ प्रतिशत अम्लियपन पाईएको माटो परीक्षण प्रयोगशाला सुरुगाका प्रमुख एवं माटो बिज्ञ हरी भूजेलले बताउनु भयो । किसानहरुले माटोको बिषयमा ध्यान नदिदा यस्तो अवस्था आएको र यसको उपचार गर्न सकिने समेत बताईएको छ ।

भुजेलका अनुसार बिभिन्न समयमा गरिएका परीक्षण अनुसार झापा जिल्लाको माटोमा अम्लियपन अत्याधिक रहेको र माटोमा धेरै समस्या रहेको भेटिएको छ । गतबर्ष १४ सयभन्दा बढि र यो बर्ष अहिलेसम्ममा ५ सयभन्दा बढि माटो परीक्षण भएकोमा सबै क्षेत्रको माटो बिरामी अवस्थामा भेटिएकाले तत्काल उपचार जरुरी रहेको भूजेलले जनाउनु भयो ।

दमकको वडा नंं. ४ मा माटोको परीक्षण गर्दा धेरै समस्या भेटिएको र आफूहरुले माटोको अवस्था अनुसार कृषि चून प्रयोग गरेर माटो सुधारका लागि सुझाव दिएको भूजेलले बताउनु भयो । १ कठ्ठा जमिनमा १ सय २० किलोसम्म कृषि चूनको प्रयोग गर्नु पर्ने अवस्था रहेकाले त्यसै अनुसार सिफारीस गरिएको उहाँको भनाइ छ ।

कृषि चूनको प्रयोगले बिग्रिएको माटोमा सुधार आउने र अम्लियपन समेत घट्ने भएकाले यस्तो सिफारीस गरिने गरेको छ । माटो बिग्रदा उत्पादनमा आधाभन्दा बढि सम्म असर गर्ने गर्छ । माटो परीक्षणपछि उक्त माटोमा उपयुक्त बाली के लगाउदा राम्रो हुन्छ भनेर समेत सल्लाह दिने गरिएपछि पछिल्लो समयमा माटो परीक्षणका लागि किसानहरु आउने क्रम बढेको पनि भूजेलले बताउनु भयो ।

जथाभावी रुपमा ठूलो परिमाणमा रसायनीक मल प्रयोगका कारण माटोको उर्वराशक्ति र अम्लियपन नष्ट हुदै आएको बताईएको छ । कृषि बिज्ञ भूजेलका अनुसार माटो परीक्षण गर्दा माटोको अम्लियपन, नाइट्रोजन, फस्पोरस, पोटास, माटोको प्रकृती तथा प्रकार र प्राङ्गरिक मलको अवस्था समेत हेरिने गर्छ ।

कृषि आधूनिकरण कार्यक्रम अन्र्तगत धान सुपरजोन क्षेत्र झापामा किसानहरुको माटो सुधारका लागि कृषि चुनमा अनुदानको समेत व्यवस्था रहेको पाइएको छ ।

धान सुपरजोन कार्यक्रम इकाइका कार्यक्रम प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार धान सुरपरजोनका किसानहरुलाइ कृषि चुनमा ५० प्रतिशत अनुदान रहेको छ । उक्त अनुदान किसानले सहज रुपमा पाउने अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah