दमक/ नेपाल यातायात मजदुर संघ झापा–काठमाण्डौ रुट समिति दमकमा गठन गरिएको छ । आज सम्पन्न यातायात मजदुर ,व्यवसायी,चालकहरुको भेलाले महेन्द्र भण्डारीको संयोजकत्वमा ७ सदस्यीय झापा–काठमाण्डौ रुट तर्दथ समिति गठन गरिएको छ । गठित तर्दथ समितिको सदस्यहरुमा नगेन्द्र अधिकारी,लक्ष्मी पाण्डे,ददिराम खतिवडा, रमेश गौतम,शक्ति पाण्डे र मोहन गुरुङ रहेका छन् ।

त्यस्तै भेलाले विष्णु सुब्बाको संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । गठित सल्लाहकार समितिका सदस्यहरुमा रञ्जितकुमार यादव,बिश्वासकुमार कास्यप,बालकृष्ण श्रेष्ठ,नैपबहादुर सोनाम र कृष्णराज खतिवडा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसका महासमिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको भेलामा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति रोशन विष्ट, टे«ड यूनियन कांग्रेसका झापा सभापति यज्ञप्रताप अधिकारीलगायतले यूनियनको महत्वको विषयमा चर्चा गरेका थिए । नवगठित तर्दथ समितिले एक महिना भित्रमा अधिबेशन गरि संस्थागत स्वरुप दिने समेत निर्णय गरिएको थियो ।

भेला नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष देउमान लिम्बुको अध्यक्षतामा भएको थियो ।